तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

इन्ट्रिगेटिभ पेन केयरको थिममा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ९ गते, शनिबार ११:५८

काठमाडौं । नेपाल एशोएियसन फर द स्टडि अफ पेनको आयोजनामा इन्ट्रिगेटिभ पेन केयरको थिममा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । शनिवार जमल स्थित होटल एल्लो पेगोडामा आयोजित उक्त सम्मेलन उदघाटन सत्रसँगै शुरु भएको हो । सो अवसरमा एशोएियसनका अध्यक्ष प्रो. डा. अनिल श्रेष्ठले सभापतिको आसनबाट बोल्नुहुँदै यस अघि सन् २०२० मा भर्चुअल रुपमा सम्मेलन आयोजना गरिएकोमा २०२३ मा आयोजित दोस्रो सम्मेलन पहिलोपटक भौतिक रुपमा हुन लागेको जानकारी दिनुहुँदै विज्ञ चिकित्सकहरुको ज्ञान तथा अनुभव साटासाट गर्ने अवसरले गर्दा सम्मेलन कोशेढुङगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि, प्रो. डा. रोश्नादेवी अमात्यले नेपालमा २० को शुरुवातीको दशकमा पिडा कम आफुहरुले थालनी गरेको स्मरण गर्नुहुँदै उपचार मार्फत क्यान्सर आदी रोगको पिडालाई कम गर्न सफलता हासिल हुँदै आएको बताउनुभयो ।

प्रो. डा. बालकृष्ण भट्टराईले पिडालाई कम गर्न समुहगत रुपमा प्रयास हुँदै आएको जनाउनुहुँदै बिरामीहरुको पक्षबाट उपचार गर्नुपर्ने र इन्ट्रिगेटिभ पेन केयरको माध्यम यसका लागि फलदायी रहने उल्लेख गर्नुभयो ।

उदघाटन सत्र पस्चात हुने सम्मेलनको अर्को ४ भिन्न सत्रमाझ विज्ञहरुले १४ वटा प्रस्तुत दिने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु