तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख केसीलाई ‘शिक्षासेवी सम्मान’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ९ गते, शनिबार २०:३८

बैशाख १०, काठमाडौं । गुणस्तरीय एवं अन्तर्राष्ट्रिय स्तरको व्यवहारिक शिक्षा प्रदान गर्दै सबैको रोजाइमा पर्दै आएको काठमाडौ बसुन्धारास्थित आइएसओबाट सर्टिफाइड साउथ वेस्टर्न स्टेट कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसी “राष्ट्रिय शिक्षा सेवा सम्मान-२०८०” बाट सम्मानित हुनुभएको छ।

शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच केसीलाई सम्मान गर्नु भएको हो ।

शिक्षासेवी सम्मानबाट सम्मानित हुँदा आफूमा थप जिम्मेवारी थपिएको बताउँदै नेपालको शैक्षिक विकास र उन्नयनमा अझ केहि गर्ने प्रेरणा मिलेको समेत केसीले बताउनुभयो ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु