
बैशाख ,१० काठमाडौं । सोफा हब काठमाडौका प्रवन्ध निर्देशक तारालाल धरेल “राष्ट्रिय सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् ।
शनिबार फोकस नेपाल संस्थाद्वारा नाचघर जमलमा आयोजना गरिएको नवबर्ष तथा लोकतन्त्र दिवस–२०८० को शुभ अवसरमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले भव्य समारोहका बीच
धरेललाई सम्मान गर्नु भएको हो ।

सम्मानित जोशीला युवा धरेल विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, सहकारी अभियन्ता समेत हुन् । लामो समय पर्यटन प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका धरेल विभिन्न संघसंस्थामा आवद्ध छन् ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।


