
गोबिन्द राज ओझा-
जुनी जुनी सयौँ जुनी सँगै बाच्ने कसम खाएका छौ
दिल भित्र डेरा गरी घरजम गर्ने छौ
मेरी मायालु हौ तिमि
धेरै चोटि बोलाए आउँछौ कि भनी
हातले इसारा गरी बोलाए तर बुझिनौ
मेरी मायाले हौ तिमि
सधैँ जसो सम्झिने रहेछौ किन बोलिनौ
जुनी जुनी सयौँ जुनी सँगै बाच्ने कसम खाएका छौ
निस्वार्थ हाम्रो माया सधैँ रहिरहोस्
लजाउने तिम्रो बानी रहिरहोस्
जुनी जुनी सयौँ जुनी सँगै बाच्ने कसम खाएका छौ
दिल भित्र डेरा गरी घरजम गर्ने छौ
समय सँगै सबै कुरा बुझेको छु
मनको माया शब्दमा व्यक्त गर्दछु
जुनी जुनी सयौँ जुनी सँगै बाच्ने कसम खाएका छौ
दिल भित्र डेरा गरी घरजम गर्ने छौ
यो मनले तिमिलाई खोजिरहन्छ
सधैँ हाँसी खुसी बाच्नु यही कामना छ
जुनी जुनी सयौँ जुनी सँगै बाच्ने कसम खाएका छौ
दिल भित्र डेरा गरी घरजम गर्ने छौ


