
—शिव अधिकारी
म देश भन्दछु पैले आफु जस्तो भएपनि
बनाउँ देश नै भन्छु म आफु नबने पनि
यो देश हुन्छ सम्बृद्ध सबै एक भयौँ भने
विशाल देश यो बन्छ निःस्वार्थ दिलमा उने
म पात हुँ झरे हुन्छ बगैँचा भरियो भने
म थोपा हुँ सुके हुन्छ समुन्द्र भरियो भने
म धुलो हुँ उडे हुन्छ धर्ति स्थिर भयो भने
म यौटा नबने हुन्छ मेरो देश बन्यो भने
बाबाधाम सहयोगी नगर कोटेश्वर काठमाण्डौ


