तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पत्रकार स्व. इन्द्र लोहनीकी बहिनी विजयालाई क्यान्सर, सहयोगका लागि गरिन् अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १० गते, आईतवार १४:४८

काठमाडौँ, वैशाख १० गते । झापा घर भइ हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेकी छन् । पत्रकार स्व. इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देशविदेशमा रहनुभएका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेकी हुन् ।

उनी तीन वर्षयता क्यान्सर रोगसँग लडिरहेकी छन् । ‘उपचार प्रक्रिया महँगो छ । तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ । त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ,’ उनले भनिन् ।

उनलाई तीन वर्ष अगाडि पाठेघरको क्यान्सर देखियो । त्यसको १० महिनापछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो । त्यसलगत्तै क्यान्सर ठुलो आन्द्रामा सर्‍यो । ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार नआएको उनले बताइन् ।

क्यान्सरपीडित विजया एकवर्षयता भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन् । उनका अनुसार अढाई महिनाको अन्तरालमा एकपटक दिल्ली जानुपर्छ । ‘तीन वटा किमो गरेर ७५ दिनमा एकपटक दिल्ली जानुपर्छ । त्यहाँ स्वास्थ्य परिक्षण हुन्छ । औषधि दिल्लीबाटै ल्याएर बी एन्ड बी अस्पतालमा किमो लिने गरेकी छु,’ उनले भनिन् ।

मध्यम् वर्गीय किसान परिवारमा हुर्किएकी लोहनी उपचारकै क्रममा एक करोड ५० लाख रुपियाँ ऋणमा परेकी छन् । देश र विदेशमा बस्ने साथीहरूले सहयोग गरिरहेको उनले बताइन् । ‘दुवै छोरा पढ्दैछन् । म बिरामी भएपछि ठुलो छोराको पढाइ छुट्यो । तर साथीहरूले निब्र्याजी आर्थिक सहयोग गरिरहनुभएको छ,’ उनले भनिन् ।

उनले एकपटक दिल्ली जाँदा सम्पूर्ण परीक्षणको तीन लाखदेखि पाँच लाख रुपियाँ लाग्ने बताइन् । उनका अनुसार औषधिसहित अन्य मासिक खर्च एक लाख रुपैयाँ छ । ‘५३ वटा किमो लिइसकेकी छु । अब ठुलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ, त्यसका लागि चार लाख रुपैयाँ लाग्छ । सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला,’ उनले भनिन् ।

क्यान्सरले स्वास्थ्यमा गम्भीर समस्या आएपछि लोहनीले अहिले आफ्नो दाजुलाई सम्झिरहेकी छन् । ‘रोग त लाग्थ्यो होला, तर दाजु हुनुभएको भए रोग लागे पनि मेरो उपचार सहजै हुन्थ्यो होला,’ उनले भनिन् ।

क्यान्सरपीडित विजया लोहनीलाई सहयोग गर्नका लागि उहाँको प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

विजया लोहनी

सनराइज बैङ्क लिमिटेड

खाता नं. ०३२०६४८४७८२०२००१

फोन नं. ९८४२०६६२५४

विजया लोहनीसँगको गरिएको कुराकानीको भिडियो। फेसबुकमा पोस्ट गर्न सक्नुहुनेछ।

https://drive.google.com/file/d/14_tFCNHo89iS71BIhMc83wP8cTwrmjtF/view?usp=sharing

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु