दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महालक्ष्मी टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १० गते, आईतवार २०:२८

काठमाडौं ।महालक्ष्मी नगर लुभू डोजो दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । महालक्ष्मी ५ स्वर्ण, १ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा भएको प्रतियोगितामा मनमैजु ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बूढानकीलकण्ठले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा ठैब डोजोका आकाश लोप्चन तथा महिलामा बडीखेलकी उर्षला पहरी उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा सिुन्धुपाल्चोकका अन्जन पुरी तथा महिलामा केजेडआईकी जुना तामाङ उदीयमान खेलाडी चुनिए ।
विजेतालाई संघीय सांसद् उदयशम्शेर राणा, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, आयोजक आईडब्लुएफएन कराते, ठैब डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यअघि एकदिने प्रतियोगिताको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रले उद्घाटन गरेका थिए ।
ठैबस्थित ब्लु बर्ड स्कुलमा भएको प्रतियोगितामा कातासहित पुरुष÷महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु