
काठमाडौ ।नेपाल डेरी एसोसिएसनले केन्द्रिय कमिटीको बिस्तारित बैठकमा आफ्ना प्रदेश र जिल्ला कमीटीका पदाधिकारीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम सर्लाहीको होलिडे इन होटल, नयाँरोड, हरिवन–९ मा बैशाख ११ गते हुने भएको छ ।
यहि २०८० साल बैशाख १२ गतेदेखि १४ गतेसम्म मधेष प्रदेशको हरिवनमा डेरी तथा कृषि औजार मेला सम्पन्न हुन गइरहेको सन्दर्भमा उक्त अवसरलाई सदुपयोग गर्दै एसोसिएशनको बिस्तारित बैठकका साथै एक दिने प्रशिक्षण कार्यक्रम राखिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशका अध्यक्षहरु , उपाध्यक्षहरु, कोषाध्यक्षहरु र सचीवहरु एवं जिल्लाका अध्यक्षहरुको सहभागिता रहने कुराको जानकारी केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल दिनुभयो । उक्त बैठक नेपाल डेरी एसोसिएशन मधेश प्रदेशको आयोजनामा सम्पन्न हुने कुराको जानकारी केन्द्रिय महासचिव हेमचन्द्र खनालले जानकारी गराउनु भयो ।
बैठकमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, महासचिव हेमचन्द्र खनाल र कोषाध्यक्ष दयाराम भण्डारीले प्रशिक्षण दिनुहुनेछ। बैठकमा गत बैठकको निर्णयको समिक्षा, हालसम्मको आयव्यय, दूधको मूल्य वृद्धि पश्चात् समिक्षा, सम्पूर्ण प्रदेश अध्यक्षको प्रदेशमा दुधको अवस्था, वर्तमान समस्या र समाधान, दुध अभावका कारण धुलो दुध र झोल दुध आयात सम्बन्धमा घनिभुत छलफल हुने कुराको जानकारी महासचिव खनालले गराउनु भयो । देशभरबाट करीब ७० जना डेरी उद्योगी एवं एसोसिएसन पदाधिकारीहरुको उपस्थिति रहने छ ।


