तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आङिला जामेसे ङाला सेम’ बजारमा, हेरुका र याङ्की अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ११ गते, सोमबार १४:४३

काठमाडौँ । रिलिज अगावै चर्चा बटुल्न सफल पहिलो तामाङ पप गीत ‘आङिला जामेसे ङाला सेम’ बजारमा आएको छ । हेरुका लामा अफिसियल युटुबमार्फत बौद्धस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनबिच गीतको अफिसियल म्युजिक भिडियो बजारमा ल्याएको हो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषदका सदस्य, युवा नेता एंव समाजसेवी अविरल जिम्बाको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै जिम्बाले तामाङ गीत संगीतमा पप गीतले नयाँ बाटो कोरेको र सफलताको शुभकामना व्यक्त गरे । तामाङ गीत संगीतलाई, मनोरञ्जन क्षेत्रलाई बिकास गर्न नयाँ नयाँ गीत संगीत बजारमा आवश्यक रहेको उनले बताए । उनले कलाकारलाई राष्ट्रको गहना नभई अंग भन्नुपर्नेमा जोड दिए ।

तामाङ चलचित्र जगतका महानायक अमिर दोङको विशेष आतिथ्यता, र्यापर उत्तर लामा,हास्य कलाकार कुइसाङ रुम्बा, गायक एंव सञ्चारकर्मी आश्मान लोप्चनले शुभकामना व्यक्त गरे । सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङ्को शब्द रहेको गीतमा उनै गायक अशोक मोक्तानको संगीत र स्वर रहेको छ । दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ, रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन, राजेश कुमारले सम्पादन र कलर, सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गरेका हुन । मोडल एंव निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङ र उनै निर्देशक एंव मोडल हेरुका लामाको अभिनय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा कलाकार,पत्रकार, समाजसेवी एंव दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पत्रकार विवेक लोप्चनले सञ्चालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु