दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राउण्ड टेबल नेपालले देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, टिचर ट्रेनिङका लागि हावार्ड युनिभर्सिटीबाट प्रशिक्षकहरु आउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ११ गते, सोमबार १४:४८

काठमाडौं, ११ वैशाख । राउण्ड टेबल नेपालले देशभरका सरकारी र सामुदायिक विद्यालयमा अध्यनरत एक हजार विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउण्ड टेबल नेपालले शैक्षिक उत्कृष्टता र वित्तीय आवश्यकताका आधारमा एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी गराएको हो ।
‘गरिबीको चक्र तोड्ने र सबैका लागि उज्याले भविष्य निर्माण गर्ने मुख्य कारक शिक्षा हो’ भन्ने मूल–मान्यताका साथ आफूहरुले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको राउन्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले बताए ।
‘हामी यो छात्रवृत्ति कार्यक्रम घोषणा गर्न पाउँदा गर्व गर्छौं । जसले नेपालभरका योग्य विद्यार्थीहरूलाई उनीहरूको शिक्षा जारी राख्न र सपनाहरू प्राप्त गर्न मद्दत गर्नेछ । हामी विश्वास गर्छौं कि शिक्षा मौलिक अधिकार हो, र हामी यसलाई सकेसम्म धेरै विद्यार्थीहरूको लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौं,’– अध्यक्ष अग्रवालले भने ।
राउण्ड टेवलको नेपालभरी साढे पाँच सय भन्दा बढि सदस्य रहेको पनि अध्यक्ष अग्रवालले बताए । संस्थाको ३० वर्ष लामो इतिहास रहेको पनि उनको भनाई छ । संस्थाले स्वास्थ्यको क्षेत्रमा पनि काम गरिरहेको भएपनि शिक्षालाई विशेष प्राथमिकता दिइरहेको उनले बताए ।
‘राउण्ड टेवलले नेपाले समाजमा शिक्षाको क्षेत्रमा छाप छोड्दै आएको छ । हामीले नेपालभरी ६१ वटा विद्यालयहरुमा विद्यायलयमा तीन सय असी भन्दाबढि कोठाहरु निर्माण गरेका छौं । गरिबका लागि काम गर्न विभिन्न परियोजनामार्फत स्वास्थ्य क्षेत्रमा पनि हाम्रो उपस्थिति रहेको छ । एजुकेटर चाइल्ड अर्को परियोजना हो, जसले छात्रवृत्ति प्रदान गर्ने काम गर्दछ । चार सय भन्दा बढि विद्यार्थीहरुलाई सेवा दिइरहेको छ,’–उनले भने ।
कार्यक्रममार्फत आफूहरुले बालबालिकाको जीवनमा गहिरो र सकारात्मक प्रभाव पार्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ । आफूहरु बालबालिकालाई उनीहरुको आर्थिक अवस्था र पृष्ठभूमिको वास्ता नगरी गुणस्तरीय शिक्षामा पहुँच पुर्याउने कार्यमा प्रतिवद्ध रहेकोसमेत उनले बताए ।
‘कार्यक्रममार्फत देशभरमा एक हजार विपन्न वर्गका योग्य बालबालिकालाई छात्रवृत्ति प्रदान गर्नेछौं । हामीलाई विश्वास छ यो कार्यक्रमले बालबालिका र उनीहरुको जीवनमा गहिरो प्रभाव पार्नेछ,’– अग्रवालले भने ।
शिक्षामा लगानी गरेर राष्ट्रको भविष्य थप बलियो बनाउन चाहेको उनको भनाई छ । ‘हामी विश्वास गर्छौं कि, शिक्षामा लगानी गरेर हाम्रो राष्ट्रको लागि बलियो र थप समृद्ध भविष्य निर्माण गर्न मद्दत गर्न सक्छौं,’– उनले भने ।
छात्रवृत्ति कार्यक्रम यही बैशाख १३ गते बुधबार देशभर र काठमाडौंको जुनकिरी पब्लिक स्कुल, साँखुको शंखरापुर–७ मा आयाजना हुने साहिल अग्रवालले बताए । उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर र अतिथिमा शंखरापुर नगरपालिकाका मेयर रमेश नापित रहने पनि उनले बताए ।
‘१३ गते बुधबार हामीले एजुकेटेड चाइल्डको शिलान्यास साँखुमा गर्दैछौं । हामीले नेपालभरिका एक हजार भन्दा बढि योग्य बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेका छौं । कार्यक्रमको प्रमख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगर आउनुहुन्छ । अतिथिमा साँखुका मेयर रमेश नापित रहनुहुन्छ,’– उनले भने ।
साथै, विद्यार्थीहरुलाई कसरी पढाउँदा सजिलै सिक्छन् भनेर शिक्षकहरुलाईसमेत ट्रेनिङको व्यवस्थासमेत गरिएको उनले बताए । टिचर ट्रेनिङका लागि हावार्ड युनिभर्सिटीबाट प्रशिक्षकहरु आउनेसमेत उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु