दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रेस चौतारी नेपाल मेट्रो एफ.एम. प्रतिष्ठान गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १२ गते, मंगलवार ६:४८

बैशाख १२, काठमाडौं । लोकतन्त्र दिवसको उपलक्षमा काठमाडौंमा एक कार्यक्रमबिच प्रेस चौतारी मेट्रो एफ.एम. प्रतिष्ठान गठन भएको छ ।
सो अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले काठमाठौं महानगरपालिकाका संचारकर्मी किशोर कुमार शर्मा सेडाईको अध्यक्षतामा गठित सात सदस्यीय कार्य समितिलाई प्रेस चौतारी नेपालको विधान अनुसार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो ।


सो अवसरमा बौल्दै केन्द्रीय अध्यक्ष बस्नेतले आफुले आप्नो बाकी रहेको कार्यकालमा महानगरमा कार्यरत मेट्रो एफ.एफ. प्रतिष्ठानका संचारकर्मीहरुलाई हर प्रकारले सहयोग तथा हातेमाले गरि अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा प्रेस चौतारी मेट्रो एफ.एम. प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दै काठमाठौं महानगरपालिका वडा नं १८ का वडाध्यक्ष तथा कामपा महानगर कमिटिका कार्यवाहक अध्यक्ष तथा महानगरपालिका सुचना समितिका सदस्य न्युछेकाजी महर्जनले प्रतिष्ठानका सदस्यहरुलाई छोटो प्रशिक्षण दिनुको साथै शुभकामना सन्देश दिनु भएको थियो ।


यसैगरी कार्यक्रममा सुचना प्रबिधि विभाग प्रमुख नमराज ढकालले स्वागत मन्तब्य सहित प्रेस चौतारी मेट्रो एफ.एम. प्रतिष्ठानका नवनिर्वाचित कार्य समितिका सदस्यहरुलाई शुभकामना दिनु भएको थियो । ,
यसैगरी प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना सहित पेशागत जिल्ला कमिटिका संचार इलाका अध्यक्ष सुरज आचार्य र मेट्रो एफ.एम. प्रेस युनियनका सभापति चन्द्रमणि भटटराई लगायतले प्रेस चौतारी नेपाल मेट्रो एफ.एम. प्रतिष्ठानलाई शुभकामना सन्देश दिनु भएको थियो ।


सन १९९८ मा स्थापित प्रेस चौतारी नेपाल नेकपा एमालेको संचार क्षेत्रको भातृ संगठन हो र यसले पत्रकारिता क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई लागि प्रशिक्षण दिन’को साथै पत्रकारहरुको हकहितको लागि शसक्त आवाज उठाउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु