
काठमाडौं ।नेपाल डेरी एसोसिएसनले केन्द्रिय बिस्तारित बैठक सम्पन्न भयो । बैठकमा प्रदेश र जिल्ला कमीटीका पदाधिकारीहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रम सर्लाहीको होलिडे इन होटल, नयाँरोड, हरिवन–९ मा बैशाख ११÷ १२ गते भएको थियो ।

यहि बैशाख १२ गतेदेखि १४ गतेसम्म मधेष प्रदेशको हरिवनमा डेरी तथा कृषि औजार मेला सम्पन्न हुन गइरहेको सन्दर्भमा उक्त अवसरलाई सदुपयोग गर्दै एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितीका पदाधिकारीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सातै प्रदेशका अध्यक्षहरु, उपाध्यक्षहरु, कोषाध्यक्षहरु, सचिवहरु एवं जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको जानकारी केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल दिनुभयो । उक्त बैठक नेपाल डेरी एसोसिएशन मधेश प्रदेशको आयोजनामा सम्पन्न भएको जानकारी केन्द्रिय महासचिव हेमचन्द्र खनालले जानकारी गराउनु भयो ।

बैठकमा केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले प्रशिक्षण दिनुभएको थियो । गत बैठकमा भएका निर्णयहरुको समिक्षा, आय व्ययको फरस्यौट, दूधको मूल्य वृद्धि पश्चात् परेको असरको समिक्षा, अब मुल्य तोक्दा प्रदेश अनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा छलफल भएको थियो ।

अबआगामी दिनहरुमा एकजुट भई अघि बढ्ने र परेका हरेक विषयमा छलफल गरि निर्णय गरिने विषयमा छलफल भयो । सम्पूर्ण प्रदेश अध्यक्षहरुले लिखित प्रतिवेदन पेश गरेका थिए । अहिले दुध अभावका कारण धुलो दुध र झोल दुध आयात गर्न तत्काल पहल गर्ने, फ्रेस मिल्कमा लगाईएको अन्त शुल्क हटाउन पहल गर्ने, हालै दुधको मुल्य वृद्धि पश्चात छुर्पिको पनि मूल्य वृद्धि भई बजारमा विक्रि नभएकोले धेरै स्टक रहि समस्या भएकोले त्यसको समाधानका लागि पहल गर्ने, प्रदेश र जिल्ला समितिहरुलाई सक्रिय गराई हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध संकलन गर्ने केन्द्रमा दिइदैं आएको विद्युत महसुलमा छुट नहटाई निरन्तर दिइनुपर्ने, नेपाल डेरी एसोसिएसनलाई महासंघमा लैजाने विषयमा छलफल गरियो ।

अन्त्यमा गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय भएको कुरालाई स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहि अनुसार पहल गर्ने निर्णय गरियो। अन्त्यमा मेचीदेखि महाकालीसम्मबाट बैठकमा सहभागी भई सक्रिय सहभागीता जनाउनु भएकोमा सबैलाई विशेष धन्यवाद दिदैं आगामी बैठक लुम्बिनी प्रदेशमा गर्नको लागि अध्यक्ष प्रल्हाद दाहाल्ले प्रस्ताव गर्नु भयो भने बैठक पछि गरिएको रात्रि भोजको लागि मदेश प्रदेशका अध्यक्ष राघौ सिंहलाई विशेष धन्यवाद दिनु भयो । आगामी दिनमा पनि सबै साथीहरूको यस्तै साथ सहयोगको अपेक्षा गर्दै आफ्नो कार्यकालमा पूर्ण समय डेरी कै विषय लिएर लाग्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।


