
१५ बैशाख २०८० काठमाडौं, शर्मिला विश्वकर्मा
सिकाई क्षमतामा ढिलाई भएका वा कम भएका अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर Beautiful Minds नामक एनरोइड Application निर्माण गरी हिजो बैशाख १४ गते राजधानिमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ। अटिजम केयर नेपाल सोसाइटीले वल्ड एजुकेशनको सहयोग तथा अन्य विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक श्रोतहरुको विस्तार सम्बन्धी राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा अटिजम, बौदिक, मस्तिष्क पक्षाघात तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर अटिजम केयर नेपालले निर्माण गरेको यो एनरोइ एप्लिकेसन सार्जनिक गरिएको हो ।
सो कार्यक्रममा आइटी एक्सपोट तथा अटिवम केयर नेपाल सोसाइटीका कार्यसमिति सदस्य सचिन श्रेष्ठले यस Beautiful Minds नामक एनरोइड Application को विषयमा जानकारी गराउनु भयो । यसै क्रममा उहाँले यो एप्लिकेसनमा नेपाली र अंग्रेजी दुबै भाषा प्रयोग गरिएको, दैनिक प्रयोग गरिने क्रियाकलापहरु गर्न सिकाउने यस एप्लिकेसनमा चित्र, भिडियो तथा आवाज पनि प्रयोग गरिएको बताउनु भयो ।
त्यसै गरी अटिजम केयर नेपाल सोसाइटीका प्रशसकिय प्रमुख सुरेन्द्र बज्राचार्यले यो Beautiful Minds नामक एनरोइड Application मार्फत सिकाईमा ढिलाई हुने अपाङ्गता भएका व्यक्तिहरुला उनीहरुको दैनिकी क्रियाकलापहरु रुपमा सञ्चालन गर्न, सामान्य रुपमा लेख पढ गर्न, चित्रहरु, रङ्गहरु चिन्न सहज हुने हुदा यो प्रभाकारी हुने बताउनु भयो ।
यस कार्यक्रममा शोभालय समावेशी समाज (SIS ) नेपालका अध्यक्ष मुकुन्दहरी दाहालले यस एप्लिकेसनको माध्यमबाट बौदिक, अटिजम तथा सिकाइ सम्बन्धी वा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिकीकरण गरी अगाड बढाउन सहज हुने भन्दै यसको सही सदुपयोग र सबै बालबालिका र अभिभावकहरु समक्ष पुर्याउन शिक्षा तथा मानव श्रोत विकास केन्द्रको ध्यानाकर्षण हुनु पर्ने बताउनु भयो ।
त्यसै गरी शिक्षा तथा मानव विकास केन्द्रकी निर्देशक डा. दिव्य दवाडीले यस Beautiful Minds नामक एनरोइड Application ले सिकाई क्षमता कम भएका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधिको प्रयोग गरी लेख पढ् गर्न सहज हुनुका साथै आफ्ना दैनिक क्रियाकलापहरु सम्पन्न गर्न सहयोग गर्ने भएकोले सबै अभिभावक तथा शिक्षकहरु समक्ष पुर्याउन हामी सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।


