
काठमाडौं । अभिनेत्री पूजा शर्मा र अनुज गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपूर्ण रोमाण्टिक भर्सनको ‘तिम्रो लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत चर्चित संगीतकार अर्जुन पोखरेलको रहेको छ। गीतलाई आदेश गुर्माचनले संगीत संयोजन गरेका हुन्।
बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘बुढा सुब्बा डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियो दर्शक स्रोतालाई मन पर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।
भिडियो लिंक:


