तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काँग्रेस नेता दवाडीको पहलमा क्यान्सरका विरामी गुरुङलाई ९० हजार सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १६ गते, शनिबार १६:३५

काठमाडौँ, १५ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीको पहलमा क्यान्सरका विरामी धनबहादुर गुरुङलाई रु ९० हजार ३०० सहयोग गरिएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा मुटु र आन्द्राको क्यान्सरको उपचार गरिरहनुभएका अजिरकोट गाउँपालिका–४ का गुरुङलाई उक्त सहयोग गरिएको हो ।

गण्डकी प्रदेशका पूर्व सांसद दवाडीले जापानमा रहनुभएका भुमे जनकल्याण समाजका सदस्य भूमिराज दवाडीमार्फत सङ्कलन गरिएको उक्त रकम गुरुङको परिवारलाई आज हस्तान्तरण गर्नुभएको हो ।

गुरुङको उपचारका लागि प्रकाशचन्द्र दवाडी रु चार हजार, लक्ष्मण गैरे रु १० हजार, भुमीराज दवाडी रु पाँच हजार, डिलबहादुर तामाङ रु पाँच हजार, टिकाराम कडेँल रु पाँच हजार, सुनिल रावत रु एक हजार, सुनिल केसी रु दुई हजार ३४०, विरबहादुर परियार रु पाँच हजार सहयोग गर्नुभएको छ ।

यस्तै, सुवास दवाडीले रु पाँच हजार, राजन सापकोटाले रु पाँच हजार, नवराज भट्टराईले रु पाँच हजार, गुरुदेव कडेँल रु पाँच हजार, विवेक कडेँल रु पाँच हजार, सन्तोष भण्डारी रु पाँच हजार, पासाङ तामाङ रु दुई हजार, ईन्द्रबहादुर गुरुङ रु दुई हजार, जनक गुरुङले रु दुई हजार सहयोग गर्नुभएको छ ।

यसैगरी, केशव कार्की रु तीन हजार, हर्कबहादुर खत्री रु दुई हजार, हरि पाठक रु तीन हजार, अनुप पौडेल रु तीन हजार, सुन्दर क्षेत्री रु तीन हजार, सुवास कडेँल रु तीन हजार र विकास भट्टराईले रु दुई हजार सहयोग गर्नुभएको थियो ।

गुरुङको उपचारमा सहयोग गर्न ईच्छुक व्यक्तिले विरामीको श्रीमती सनमाया गुरुङको नाममा रहेको एनआईसी एशिया बैँक चितवनको बसेनी शाखाको खाता नं २६४५७५२६८८७५५००१ मा रकम संकलन गर्न सकिने पीडित परिवारले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु