दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्थानीय तह कर्मचारी संघको आयोजनामा नँयावर्ष शुभकामना तथा बनभोज कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १७ गते, आईतवार ७:५४

बैशाख १७, काठमाडौं । काठमाडौं महानगरपालिका स्थानीय तह कर्मचारी संघ इकाईको आयोजनामा हिजो ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत प्रकृतिको रमणीय स्थल गोदावरी बाटिकामा नँया वर्ष २०८० को शुभकामना आदान प्रदान तथा बृहत बनभोज कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाठौंको राष्ट्रिय सभागृहबाट विहान आठ बजे पाँचवटा बसमा महानगरपालिका कर्मचारीहरु बनभोज कार्यक्रम स्थल तर्फ प्रस्तान गरि नौ बजेभित्र सवै कर्मचारीहरु बनभोज कार्यक्रस्थल पुगि सकेको थिए ।

विहानको खाजासंगै शुरु भएको कार्यक्रममा विभिन्न सांगितिक नृत्य पछि मेट्रो एफ.एमको स्थापना कालदेखि कार्यरत संचारकर्मी तथा एफ.एमको लोकप्रिय हिन्दी , नेपाली तथा नेवारी गीत कार्यक्रमका प्रस्तोता तथा कलाकार प्रकाश उप्रेतीले विभिन्न तीनबटा हिन्दी गीत प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक बनाएका थिए ।

केही समयको रोचक प्रस्तुती पछि स्थानीय तह कर्मचारी संघ इकाईका अध्यक्ष शम्भु बरालको अध्यक्ष्तामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी रहनु भएका नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेकपा एमालेका सचेतक पदम गिरीले काठमाडौं महानगरपालिका स्थानीय तहमा कार्यरत कर्मचारीको हकहित तथा दुख सुखमा नेकपा एमाले सिंगो पार्टीले एक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गर्नृ भयो । यसैगरी कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका अध्यक्ष पुन्य प्रसाद ढकालले स्थानीय तह कर्मचारीको हकहित बिरुद्ध प्रदेशबाट आउने कानूनको आफुहरुले कडा बिरोध गर्ने साथै स्थानीय कर्मचारी तह कर्मचारी महानगर ईकाई हरेका दुखसुखमा आफुहरु लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसैगरी कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले महानगरपालिकामा कार्यरत कर्मचारीहरुको समस्यालाई आपसी छलफल र सम्झदारीबाट हल गर्नु पर्नेमा जोड दिर्दै यस खालको कार्यक्रमको आयोजना गरेकोमा काठमाडौं महानगरपालिका स्थानीय तह कर्मचारी संघ महानगरपालिका ईकाइलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक टे्रेड युनियनका अध्यक्ष भोला पोखरेल र स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले पनि स्थानीय तह कर्मचारी संघको उत्तरोत्तरको प्रगतिको कामना सहित संघलाई शुभकामना दिनु भएको थियो ।

स्थानीय तह कर्मचारी संघ काठमाडौं महारपालिका इकाईले कोरोना महामारी पछि यस पटक बृहत बनभोज तथा शुभामना आदान प्रदानको कार्यक्रम राखेको हो । सो बनभोज तथा नँयावर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुख तथा कर्मचारी परिवारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु