तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत लगाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १७ गते, आईतवार १२:३४

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा विद्यालय सुधारका लागि भागवत सप्ताह लगाइने भएको छ ।
वागेहिणी माध्यमिक विद्यालयमा भागवत सप्ताह महायज्ञ लगाइने भएको हो ।
विद्यालयमा शैक्षिक सुधार एवं निःशुल्क गुणस्तरीय शिक्षा दिन वैशाख १७ गते देखि २५ गते सम्म भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको हो ।
विद्यालयमा आँग्रेजी माध्यमबाट पठान पाठन गराउनुका साथै निःशुल्क विद्यालय बस सेवा विस्तारका लागि विद्यालयले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो ।
सामुदायिक विद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थी भनेका निम्न वर्गका मात्र रहेको अवस्थामा उनीहरूले विद्यालय बस भाडा लगायतका कुनै पनि शुल्क तिर्नु नपरोस् र निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न पाउन भनी विद्यालयले सप्ताह लगाउन लागेको आयोजकले जानकारी दिएका छन् ।
सप्ताहको तयारी पुरा भएको आयोजक मूल समारोह समितिले जानकारी दिएको छ ।
सामुदायिक विद्यालय सुधार एवं सामुदायिक विद्यालय प्रति अभिभावको विश्वास बढाउन पनि सप्ताहले ठुलो मद्दत मिल्ने आयोजकले जानकारी दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु