तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गुणस्तरिय शिक्षाका लागि राज्यले लागनी बढाउनु पर्ने शिक्षक संगठनहरुको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १९ गते, मंगलवार २०:४८

१९ बैशाख २०८० काठमाडौं, शर्मिला विश्वकर्मा

शिक्षकहरुको हक हित र अधिकारका लागि काम गर्ने विभिन्न संगठनहरुले गुणस्थरिय शिक्षाको लागि राज्यले आवश्यक रकम लगानी गर्नु पर्ने माग राखेका छन् । यही बैशाख १६ गते देखि १८ गते सम्म अन्तराष्ट्रिय शिक्षक महासंघ, संस्थागत विद्यालय शिक्षक यूनियन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एक्सन एड् नेपाल र शिक्षाका लागि अभियान नामक संस्थाहरुले काठमाडौंमा आयोजना गरेको शिक्षाका लागि लगानी वृदि सम्बन्धी क्षमता अभिवृदि कार्यशालामा सहभागीहरुले उक्त माग सहितको छलफल गरि प्रेस विज्ञप्ती पनि प्रस्तुत गरिएको थियो ।
यसै कार्यशालामा सञ्चारकर्मीहरुसँग उनीहरुले गुणस्तरिय शिक्षाका लागि उचित व्यवस्थापन, शिक्षकका हक हित र अधिकार तथा सेवा सुविधाका लागि, विद्यालयको भौतिक पूर्वाधार, उचित पारिश्रमीकका सवालमा छलफल गरेका थिए ।
यसै क्रममा संस्थागत विद्यालय शिक्षक यूनियन ISTU का राष्ट्रिय अध्यक्ष होमकुमार थाले सबै शिक्षकहरुका सवालहरुलाई राज्यले उचित संवोधन गर्न नसकेको, उनीहरुलाई आवश्यक तालिम प्रदान नगरिएको गुनासो गर्नु भयो भने गुणस्तरिय शिक्षाको लागि तालिम प्राप्त शिक्षक उत्पादन गर्नु पर्ने, शिक्षकहरुका आवश्यक सवालहरुलाई संवोधन गरिनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसै गरी एजुकेशन इन्टरनेशनल एसिया प्रान्तिय क्षेत्रिय निर्देशक आनन्द सिंहले शिक्षा र शिक्षकका सवालमा गरिएको यो ३ दिने छलफलमा अबको १ वर्षमा ३० वटा स्थानीय सरकारसँग सहकार्य गरी शिक्षक दरवन्दी नभएको ठाँउमा दरवन्दी सृजना गर्न लगाउने, सुत्केरी विदाको समयमा सट्टा शिक्षकको प्रवन्ध गर्ने, नीजि शिक्षकलाई नियुक्ति पत्रको व्यवस्थापन गर्ने लगायतका सवालमा काम गर्ने बताउनु भयो ।
सो कार्यक्रममा शिक्षकको लागि राष्ट्रिय अभियानकी उपाध्यक्ष शान्तोना देवकोटा / के.सी.ले सरकारले गुणस्तरिय शिक्षाको लागि लगानी बढाउनु पर्ने, शिक्षकहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउनका लागि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको पनि बताउनु भयो भने एक्सन एड् नेपालकी प्रोजेक्ट कोडिनेटर रेणु श्रेष्ठले शिक्षालाई नीजिकरण गर्न नहुने, यसको लागि सार्वजनिक शिक्षा बलियो बनाउनु पर्ने लगायतका सवालमा वकालत तथा पैरवी गरिरहेको जानकारी गराउनु भयो ।
त्यसै गरी सो कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष विष्णु प्रसाद भण्डारीले यस ३ दिने कार्यशालामा शिक्षकको नेतृत्व विकासका सवालमा छलफल गरिएको भन्दै ७५३ वटै पालिकामा शिक्षकलाई व्यवस्थापन गर्नु पर्ने, न्यूनतम ज्याला सुरक्षित गर्नु पर्ने, सामाजिक सुरक्षा कोषको व्यवस्थापन लगायतका सवालमा वकालत गर्ने भन्दै प्रत्येक विद्यालयहरुलाई अपाङ्गता मैत्री, बालमैत्री बनाउनका लागि पनि लगानि गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
यसै क्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष तथा एजुकेशन इन्टरनेशनल क्षेत्रिय समिति सदस्य कमला थापाले सबै समुदाय र वर्गलाई राज्यले समान रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि आवश्य बजेट विनियोजन गर्न जरुरी रहेको भन्दै सट्टा शिक्षकको व्यवस्थापनको लागि वकालत तथा पैरवी गरिरहेको बताउनु भयो । साथै उहाँले शैक्षिक संघ संस्थाहरुका भौतिक पूर्वधारहरु सबै नागरिक मैत्री बनाइनु पर्ने कुरामा जोड दिदै यस विषयमा सरकारको ध्यानकर्षण हुनु पर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु