तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघका अध्यक्ष छोग्याल रिन्पोछेद्धारा योगाभ्यास तथा अन्तरकृया कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २२ गते, शुक्रबार २१:०७

काठमाडौ २२ बैशाख । बुद्ध जयन्तीको अवसरमा नेपाल बौद्ध संघले काठमाडौमा एक कार्यक्रमको आयोजना गरेको छ । संघले बुद्ध र उनको शिक्षा शिर्षकमा एक अन्तकृया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न वक्ताहरुले बुद्धका बारेमा आ आफना विचार प्रस्तुत गरेको थिए । सिद्धार्थ गौतम बुद्धको उत्पत्ति र जीवनी साथै बुद्धले देखाएको सत्मार्गलाई वक्ताहरुले प्रष्टाएका थिए । काठमाडौको स्वयम्भुस्थित किमडोल स्थित बोधी सत्व स्कुलको हलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा संघका अध्यक्ष छोग्याल रिन्पोछेले बौद्ध शिक्षा, योग अभ्यास र ध्यानलाई सर्वव्यापी गर्दै लैजाने उद्घोष गरे । साथै रिन्पोछेले कार्यक्रममा सहभागीहरुलाई साधना र योगाभ्यास समेत गराएका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै लोवपोन साङगे रिन्छेनले बुद्ध जयन्तीको महत्वको बारेमा प्रष्ट पारे । त्यसैगरी कार्यक्रममा लोचावा पुण्यप्रसाद पराजुलीले गौतम बुद्धको जीवनीलाई प्रष्ट पारेका थिए । त्यसैगरी लोब्पोन नाम्ग्यालले बुद्धले सिकाएका पञ्च शिलाबारे संक्षेपिकरण गरेका थिए ।
त्यसैगरी खेन्पो ङवाङ ह्वइसेरले चार आर्य सत्यलाई ब्याख्या गरेका थिए । बुद्धवचन अनुवाद समिति (बिटिसी) का अध्यक्ष टिका शेर्पाले आर्य आष्टाङगिक मार्ग का बारेमा प्रष्ट्याए ।
नेपाल बौद्ध संघका प्रवन्ध निर्देशक सर्विन्द ठाकुरले कार्यक्रममा स्वागत मन्तव्य सहित संघका कार्यक्रम र आगामी योजनाका बारेमा प्रष्ट पारेका थिए ।

नेपाल बौद्ध संघ आज भन्दा ७ बर्ष पहिले स्थापना भएको हो । संघले भूकम्प पछि १०८ वटा गुम्बा पुननिर्माण गर्ने लक्ष्य बोकेको थियो । जस अनुसार हालसम्म १९ वटा गुम्बाको पुन निर्माण भइसकेको छ भने बाँकी पुन निर्माणको प्रक्रियामा रहेका छन । कार्यक्रममा बुद्ध बचनको अमृत बोलको गीत सार्वजनिक गरिएको थियो । संघका अध्यक्ष छोग्याल रिन्पोछेले स्वरबद्ध गीतमा दुर्गालाल श्रेष्ठको शब्द तथा न्ह्यु बज्रचार्यको संगीत रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु