
कम्बोडिया ,एनआरएनए कम्बोडियाको समन्वयमा कम्बोडियामा कार्यरत नेपालीहरुका लागि नेपाली दूतावास थाईल्याण्डले राहदानी घुम्ती सेवा आयोजना गरेको छ । दूतावासले २०८०, बैशाख २४,२५ र २६ गते तदानुसार ७,८ र ९ जुन २०२३ मा घुम्ती सेवा आयोजना गरेको हो । उक्त सेवाको लागी राजदूत गणेश ढकाललगाएत दुतावासका पदाधिकारी कम्बोडियामा आएका छन । झन्डै पाँच सय बैधानिक र ३०० भन्दा बढीको हाराहारीमा अबैधानीक नेपालीहरु कम्बोडियामा रहेका छन । कम्बोडियामा नेपाल सरकारको कुनै कुटनीतिक नियोग नरहेको र नेपालीहरुका समस्या सम्बोधन एनआरएनए कम्बोडियाले गर्दै आएको छ । संघले राहदानी नवीकरणका लागि दुतावाससँग प्रत्यक्ष समन्वय गरि यहाँ रहेका नेपालीहरुलाई निरन्तर सहयोग गर्दै आइरहेको एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्काले बताए । परराष्ट्र मन्त्रालय राहदानी बिभागको परिपत्रलाई सुचित गर्दै नेपाली दुतावास थाईल्यांड़ले जारि गरेको सूचना अनुसार विधुतीय राहदानी मात्र नवीकरण हुने र उक्त राहदानीका लागि भौतिक रुपमा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने जनाएको छ । कम्बोडियामै रहेर राहदानी नवीकरण गर्नुपर्ने अवस्थामा रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै समस्या हलका लागि एनआरएन कम्बोडियाले निरन्तर दूतावाससंग समन्वय गर्दै आएको थियो । पासपोर्ट नवीकरणका लागी राहदानी घुम्ती सेवा एनआरएनए कम्बोडियाको प्रत्यक्ष समन्वयमा कम्बोडिया ल्याउन सफल भएकोमा एनआरएनए कम्बोडिया परिवारले राजदुतावासलाई धन्यवाद व्यक्त गरेको छ । त्यस्तै विभिन्न कार्यमा सहयोग गरिदिने एनआरएनए समन्वय परिषद कम्बोडियाका उपाध्यक्ष ज्ञान राना,प्रितम अधिकारि, राजदूत गणेश ढकाल,दुतावासका पदाधिकारी आकाश अधिकारी साथै दूतवासका कर्मचारीहरु र एनआरएन पदाधीकारीप्रति अध्यक्ष खड्काले हार्दिक आभार व्यक्त गरेका छन । दुतावासको टोली कम्बोडियामा आएको बेलामा उपस्थित भई दुतावासबाट लिईने सेवा कम्बोडियामा नै लिन राजदुत ढकाल र एनआरएनए अध्यक्ष खड्काले कम्बोडियामा रहेका नेपाली समुदायलाई आग्रह गरेका छन । सो टोलिले पासपोर्ट नविकरणका साथमा हराएको च्यातिएको पासपोर्ट बनाउने र अधिकृत वारेशनामाको कार्य पनि गर्ने दुतावासले जनाएको छ ।


