दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वडा २ र ४ लाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २६ गते, मंगलवार ५:४७

काठमाडौं ।वडा २ र वडा ४ ले १० औं कीर्तिपुर नगरपालिका अन्तर वडा पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । वडा २ पुरुष तथा वडा ४ महिलामा च्याम्पियन बनेका हुन् ।
कीर्तिपुर बास्केटबल एसोसिएसन र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा वडा २ ले वडा ३ लाई ५१–४४ ले पराजित ग¥यो । विजयी टिमका लागि प्रवीण गुरागाईंले १६ अंक जोडे ।
पहिलो क्वाटर १०–१० को बराबरीमा सकिएको थियो । वडा २ ले दोश्रोमा १३–१२ र तेश्रोमा १५–१४ को सामान्य अग्रता लियो । वडा २ ले चौथो क्वाटर १३–८ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो ।
कीर्तिपुरस्थित कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा वडा ४ ले वडा ६ लाई ५५–५० ले हरायो । वडा ४ की मुना महर्जनले ३५ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १२–१६ ले पछि परेको वडा ४ ले दोश्रोमा २२–९ को अग्रता बनाउदै जितको महत्वपूर्ण आधार खडा ग¥यो । तेश्रोमा वडा ४ १२–९ ले अगाडि रह्यो । चौथो क्वाटरमा वडा ६ ले ९–१६ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन । पुरुष÷महिला दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रोले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
पुरुषमा वडा २ का नरेश महर्जन तथा महिलामा वडा ४ की मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै जनही ५ हजार नगदबाट पुरस्कृत भए ।
विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख ९ गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषमा ११ तथा महिलामा ६ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु