दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली खेलकुदलाई माथि उकास्न प्रयास गर्ने छु– मन्त्री लिम्बू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २६ गते, मंगलवार १९:५३


काठमाडौं, बैशाख २६ गते
।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले आफ्नो कार्यकालमा इमान्नन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा खेलकुदमन्त्री लिम्बुले भने– ‘केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, त्यसैले बढी समय दिएर भए पनि लक्ष्य पूरा गर्ने तर्फ अगाडि बढ्ने छु । तर नतिजा निकाल्न एक्लैले सम्भव हुँदैन । मलाई सबैको साथ चाहिन्छ । खेलकुद क्षेत्रभित्र समस्या छ । ती समस्या र कमीकमजोरीलाई सामूहिक प्रयासले हल गर्नुपर्छ । अझ यसमा स्थायी सरकारको रुपमा रहेका कर्मचारीको ठूलो भूमिका रहन्छ ।’
उनले एकअर्कालाई दोषारोपण गरेर होइन, सबै मिलेर मात्र सफलता हासिल गर्न सकिने बताए । राखेपका उपाध्यक्ष शिव कोइरालाले लामो समयपछि खेलकुद क्षेत्रको अभिभावकत्व ग्रहण गरेकोमा खेलकुदमन्त्री लिम्बुलाई धन्यवाद दिए । उनले खेलकुद उचाई हासिल गर्न सक्ने मञ्च भएको बताउदै मन्त्री लिम्बुलाई राम्रो काम गरेर खेलकुदबाट आप्mनो राजनीतिक उचाई अझ बढाउन सफलताका लागि शुभकामना दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिए । उहाँले नवनियुक्त मन्त्री लिम्बुसमक्ष चुनौतीलाई अवसरमा बदल्ने अवसर भएको बताउदै राष्ट्रिय खेलकुदलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेर कोभिडपछि ठप्प भएको नेपाली खेलकुदलाई गतिमा ल्याएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु