
काठमाडौ । घोरिवाला मार्टले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा रातोपुलमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

विगत साढे चार दशक देखि हस्पालिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज,क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ।

घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज लगाएत घरयासी चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ। मार्टका निर्देशक विनय घोरिवालाले भने, विगत ४६ वर्षदेखि हामीले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं ।

ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।


