तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“सेन्ट जर्जमा निर्वाचनद्वारा क्याप्टेन छनौट”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २८ गते, बिहीबार १६:००

बैशाख -२८, सेन्ट जर्ज स्कुलमा विद्यालय क्याप्टेन र भाइस क्याप्टेन छनौटको लागि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ।

चुनावमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । चुनाव हुनुभन्दा अगाडि उमेदवार विद्यार्थीहरुले आ-आफ्नो बिचार सहित प्रतिबद्धता ब्यक्त गरेका थिए । चुनावमा क्याप्टेनका लागि श्रीया चौधरी, तमन्ना थापा, समिक्षा कार्की, भुमिका थापा र भाइस क्याप्टेनमा दिब्या बोहरा, श्रेयसी भट्टराई, आर्यन शाही, तृषा महर्जन, स्रुति राई, सारोन शाही उमेदवार बनेका थिए ।

बालबालिकालाई निर्वाचन प्रक्रिया कसरी संचालन गरिन्छ भन्ने कुराको व्यवहारिक रुममै जानकारी गाराउने उदेश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका प्र.अ. मेघराज बजगाईंले बताउनु भयो । निर्वाचन प्रक्रियामा अपनाउने सबै प्रक्रिया अपनाइएको थियो । निर्वाचन अधिकृतको रुपमा विद्यालयका शिक्षिकाहरु गायत्री बुढाथोकी, सहायक अधिकृतको रुपमा बितिसा बुढाथोकी, उर्मिला काफ्ले र प्रकृति काफ्ले रहनु भएको थियो । निर्वाचनमा विद्यार्थीहरुले लामबद्व भएर आफूलाई मन परेको उमेदवारलाई भोट हालेका थिए । भोट हाल्नु अघि नाम लिस्टमा भएको नाम प्रमाणीत गरि विद्यार्थीहरुको हातको वायाँ औंलाको नङमा कालो लगाइएको थियो । अन्त्यमा भोट हाल्ने प्रक्रिया सकिएपछि मतगणना गर्दा क्याप्टेनमा ७ मतको मतान्तरले तमन्ना थापा र भाइस क्याप्टेनमा ४५ मतान्तरले आर्यन शाही निर्वाचित भए ।

निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई निर्वाचन अधिकृत गायत्री बुढाथोकीबाट खादा र अबिर लगाई बधाई तथा सपथ ग्रहण गराइयो । कार्यक्रम पश्चात् बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनलाई बधाई एवं शुभकामना दिंदै उनीहरुको काम कर्तव्य र अधिकार बारे बताउनु भयो । कार्यक्रममा अत्यन्तै नयाँ अनुभव भएको र विद्यार्थीहरुको सक्रिय सहभागीता रहेको कुरा शिक्षिका एवं सहायक निर्वाचन अधिकृत उर्मिला काफ्लेले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु