दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एन्जल्स हार्ट र बीएनए क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार ७:००

काठमाडौं, बैशाख ३० गते ।एन्जल्स हार्ट र आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १३–९ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा रुपेश पौडेलले ७ अंक योगदान गरे । दिपेश पण्डितको ९ अंक सहयोगमा बीएनएले गोल्डेपिकलाई २०–१६ ले हरायो ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई ११–६, पृथ्वीले विन्डी हाउसलाई ११–१० र गोल्डेनपिकले स्काइलार्कलाई १५–१० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा भने क्वाटरफाइनल समीकरण तयार भएको छ । एचएसीएले एलएनए, बीएनएले पृथ्वी, भ्याली पब्लिकले काठमाडौं ग्लोबल तथा नेपाल मोडेलले फेरिल्यान्ड विरुद्ध क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु