दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उमा कुङफुका पदक विजेता सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार ७:०४

काठमाडौं ।भारतको पञ्जाबमा भएको प्रथम इन्डो–नेपाल अन्तर्राष्ट्रिय र्मासल आर्ट प्रतियोगितामा पदक जित्न सफल ताकेश्वर उमा कुङफुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ ।
काभ्रेस्थलीको ग्रिन हिल्स एकेडेमीमा भएको दोश्रो तारर्केश्वर मेयर कप तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो ।
सम्मानित हुने खेलाडीमा स्वर्ण÷रजत विजेता साइना महर्जन, सिम्रिका कुँवर, दर्शना तामाङ र आर्यन रावल, रजतधारी प्रशंसा तामाङ तथा कायंस्य विजेता राजन तामाङ रहेका छन् । नोभेम्बर ५ र ६ तारिखमा भएको प्रतियोगितामा प्रशिक्षकको जिम्मेवारी निभाएका ताकेश्वर उमा कुङफुका प्रमुख प्रशिक्षक रमेश महर्जन पनि नगदसहित सम्मानित भए ।
उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, तार्केश्वर नगरपालिका वडा २ का अध्यक्ष राधाकृष्ण खड्गी, काभ्रेस्थली खेलकुद उपभोक्ता समितिका अध्यक्ष प्रवीण खड्गी र तार्केश्वर नगर तेक्वान्दो कार्य समितिका अध्यक्ष विक्रम खड्गीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्रसहित सम्मान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु