तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

“सेन्ट जर्ज स्कुलमा विभिन्न क्लब गठन”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार १२:३३

सेन्ट जर्ज स्कुलमा प्रत्येक वर्ष विद्यार्थीहरुलाई विभिन्न क्लबमा विभाजन गरि जिम्मेवारी दिने गरिन्छ । यस वर्ष पनि विद्यालयमा विभिन्न क्लबहरु गठन गरि जिम्मेवारी दिइयो। क्लब र क्लबका अध्यक्षहरु निम्न अनुसार रहेका छन :
फुटबल – बिमक चौधरी
बास्केटबल – रिदिमा राना
साहित्य – श्रेया चौधरी
ब्याटमिन्तन क्लब – तमन्ना थापा
टेबल टेनिस – राज लामा
विज्ञान तथा प्रविधि – विशेष महर्जन
इन्डाेर खेल- श्रेयशि भट्टराई
सहयोगी हातहरु- आर्यन शाही
नाटक- अंकिता थापा मगर

यसरी गठन गरिएका क्लबहरुका अध्यक्षहरुलाई विद्यालयका प्र.अ. मेघराज बजगाईंले प्रशिक्षण दिई विद्यार्थीहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारको बारे जानकारी गराउनु भयो । विद्यालयका अध्यक्ष प्रल्हाद दाहालले नवनिर्वाचित विद्यार्थी भाईबहिनीहरुलाई शुभकामना दिंदै विद्यार्थीहरुले समय अनुसार आफूलाई अगाडि बढाउने कुरामा ढुक्क भएको कुरा बताउनु भयो । अन्त्यमा नवनिर्वाचित सबै अध्यक्षहरुले बहन गर्ने जिम्मेवारीको जानकारी लिंदै प्रतिबद्धता समेत जनाए। यसरी बालबालिकालाई समाबेश गराउँदा बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्नेछ । अहिले हेर्दा तत्कालको लागि उपलब्धि नदेखिए पनि भविष्यमा यसले ठूलो सहयोग पुग्नेछ र बालबालिकाले आफ्नो जिम्मेवारी बोध गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु