दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार १६:२६

काठमाडौं, बैशाख ३१ गते । एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एचएचसीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१२ ले पराजित ग¥यो । एचएचसीएकी पेमा लामाले ७ अंक योगदान गरिन् । अनिता गुरुङको ९ अंक सहयोगमा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २६–१५ ले हरायो ।
सिनियर गल्र्समै पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१३ तथा फेरिल्यान्डले नेपाल मोडेललाई १५–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकी बविता घिमिरेले ८ तथा फेरिल्यान्डकी कृपा न्यौपानेले ६ स्कोर गरे ।
जुनियर ब्वाइजमा बीएनएले सिद्धार्थ मोडेललाई १९–१५, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५–१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१२ र स्किब्सले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । बीएनएका सुशान्त मगरले ९, एन्जल्स हार्टका रुपेश पौडेलले ७, गोल्डेनपिकका अमन गुरुङले ९ र स्किब्सका सोहन ठकुरीले ८ अंक बटुले ।
सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१३, भ्याली पब्लिकले ओडिसीलाई ९–६, एचएचसीएले पृथ्वीलाई ११–७ र इबीएले बीएनएलाई ११–८ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु