तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सबै मिलेर बेतिथि अन्त्य गर्नु पर्छ– मन्त्री लिम्बू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १ गते, सोमबार ५:५२

नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नु बताएका छन् ।
नेपाल तेक्वान्दो संघले खेलकुद मन्त्री लिम्बूको सम्मानमा आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना कार्यक्रममा मन्त्री लिम्बूले सो कुरा बताएका हुन् । उनले अधिकारका लागि सबैले एक जुट भएर लड्नु पर्ने बताउदै सत्यका लागि आफूले सधै साथ दिने प्रतिबद्धता जनाए ।
सोही कार्यक्रममा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरेको थियो । खेलकुद मन्त्रीले सिर्जनालाई १ लाख तथा प्रशिक्षक लामालाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
गत २०७९ मंसिर २२ गते देखि २४ गते सम्म साउदी अरवियको रियादमा सम्पन्न भएको रियाद २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राण्ड प्रिस फाईनल जि १० प्रतियोगितामा विश्व वरियतामा रहेका खेलाडीहरु पहिलो फाईटमा मेक्सिकोका खेलाडीलाई हराउदै सेमिफाईनमा ब्रजिलका खेलाडी र फाईनलमा टर्कीका खेलाडीलाई हराउदै सिर्जनाले एतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
सिर्जनाले एसियाली यूथ पारा खेलकुद २०२१ बहराईन र २०२२ इरानमा सम्पन्न भएको चौथौ डब्लु.टि प्रेसिडेन्ट्स कप एशियन रिजनमा रजत पदक जितेकी थिइन् ।

सृजना घिसिङ्ग, पलेशा गोवर्धन, राम बहादुर अधिकारी, अमिर ब्लोन र लोकराज शाहीले आगामी चिनमा हुने हांग्जाउ २०२२ एशियन पारा गेम्स र फ्रान्समा हुने पेरिस २०२४ पारा ओलम्पिक गेम्सको लागि दैनिक प्रशिक्षण गरिरहेको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।

लामा सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम समाहाल्दै आएकोमा अन्तराष्ट्रिय अफिसियल प्रतियोगिताहरुबाट नेपालको लागि कुल ८ वटा पदक हासिल गर्न सफल प्रशिक्षक हुन् ।
लामाले पारा तेक्वान्दो खेलबाट हांग्जाउ २०२२ एशियन पारा गेम्स र पेरिस २०२४ पाराओलम्पिक गेम्सबाट पदकको ठुलो आशा गरेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु