दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सहयोग तथा हेरचाह सम्बन्धी ५ दिने तालिम समापन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २ गते, मंगलवार ५:५६

१ जेठ २०८० काठमाडौँ, शर्मिला विश्वकर्मा

नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये बौद्धिक अपाङ्गता पनि एक हो । बौद्धिक अपाङ्गता भित्र डाउन सिण्ड्रोम अपाङ्गतालाई राखिएको छ । अधिकांश बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएको दैनिक क्रियाकलाप सञ्चालन गर्नका लागि एक जना सहयोगीको आवश्यकता हुन्छ । नेपालको सन्दर्भमा पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको सहयोगीको भूमिका अभिभावकहरूले नै निर्वाह गर्न बाध्य भएका छन् ।

यस्तो अवस्थामा २४ सै घण्टा डाउन सिण्ड्रोम अपाङ्गता तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावक र सहयोगीलाई कस्तो सहयोग तथा हेरचाहको आवश्यकता पर्दछ भनेर सम्बन्धित निकायको ध्यान केन्द्रित भएको र यसै विषयमा कार्यक्रमहरू सञ्चालन भएको पाइँदैन । जसको कारणले अधिकांश अभिभावकहरू तनावमा हुने, मनोसामाजिक समस्या उन्तपन्न हुने, ढल्कँदो उमेरसँगै विभिन्न रोगहरूको सिकार हुनु पर्ने, यस्ता बालबालिकाहरूको पिर चिन्ता लिइरहने अवस्थाहरूको सृजना हुने हुन्छ ।

यस्तो अवस्थालाई केही मात्रमा भए पनि न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले डाउन सिण्ड्रोम समाज नेपालले महिला बाल बिलका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशको सहकार्यमा डाउन सिण्ड्रोम र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावकहरू र सहयोगी व्यक्तिहरूलाई सहयोग तथा हेरचाह सम्बन्धी ५ दिने तालिम प्रदान गरेको छ । यही वैशाख २७ गते देखि ३१ गते सम्म डाउन सिण्ड्रोम समाज नेपालले काठमाडौँमा आयोजना गरेको उक्त सहयोग तथा हेरचाह सम्बन्धी तालिममा अपाङ्गताको परिभाषा, प्रकार, उनीहरूका आधारभूत आवश्यकता, बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गताको अवस्था, चुनौती लगायतका विषयमा जानकारी गराइएको थियो ।

त्यसै गरी बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका व्यक्तिहरूका अभिभावक र सहयोगी व्यक्तिहरूका लागि कस्तो प्रकारको हेरचाह गर्नु पर्दछ, हेरचाह भनेको के हो, यसका प्रकार, सहायक सामग्रीको जानकारी र प्रयोग गर्ने विधि, हेरचाह सम्बन्धी आधारभूत सीप तथा कलाको विषयमा पनि प्रस्ट पारिएको थियो ।

सो तालिममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा अपाङ्गता अधिकारकर्मी सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरूको हक हित अधिकार सुनिश्चित गर्नका लागि, अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य नागरिक सरहको जीवन यापनमा सहजता ल्याउनका लागि राज्यले बनाएका र ल्याएका ऐन कानुन, नीति नियमहरूका बारेमा सहजीकरण गर्नु भएको थियो ।
त्यसै गरी सो ५ दिने तालिममा डा. शसक्ता थापाले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका व्यक्तिहरूलाई दैनिक रूपमा स्याहार सुसार गरिरहँदा आइपर्ने आपतकालिन अवस्था, दुर्घटना, दुर्घटना पश्चात् लागेको चोटपटकको व्यवस्थापन कसरी गर्ने, यसमा अभिभावक तथा सहयोगीको भूमिका कस्तो रहन्छ भन्ने विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै क्रममा उहाँले आपतकालिन अवस्थामा हुने घटनाहरूलाई न्यूनीकरण गर्नका लागि न्यूनतम तयारी तथा एजेन्डाको विषयमा पनि जानकारी जानकारी गराउँदै पोषण युक्त खानेकुराको बारेमा पनि जानकारी गराउनु भयो ।

साथै परामर्शदाता सत्तिदा सिंहले विशेष आवश्यकता भएका बालबालिकाहरूको स्याहार सुसार गर्ने अभिभावक वा सहयोगीहरूले पनि उनीहरूको स्याहार गर्दै गर्दा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्ने भन्दै मनमा भएको नकारात्मक सोच र तनाव हटाउनका लागि समय निकाल्नु पर्ने र मन मिल्ने साथीसँग वा परामर्शदातासँग व्यक्त गर्नु पर्ने बताउनु भयो । साथै २४ सै घण्टा बालबालिकाहरूको स्याहार सुसार गर्दै गर्दा मनमा सधैँ सकारात्मक सोच विचार राख्नु पर्ने र सकारात्मक सोचको विकास गर्दै मनमा लागेका भावनाहरू व्यक्त गर्न जरुरी रहेको बताउनु भयो । साथै उहाँले हेरचाहकर्ता, अभिभावक र सहयोगीहरूका लागि समय समयमा सरोकारवाला निकायहरूले सहयोग तथा हेरचाह सम्बन्धी तालिम र परामर्श प्रदान गर्न जरुरी रहेको बताउनु भयो ।

यसै क्रममा बैतडी जिल्लाबाट तालिममा सहभागी हुनु भएकी अभिभावक मञ्जु भट्टले पहिलो पटक यो सहयोग तथा हेरचाह सम्बन्धी तालिम लिन पाउँदा ज्यादै खुसी लागेको र यस तालिममा सिकेका कुराहरूलाई आफ्नो जीवनमा उपयोग गर्दै समाजमा अन्य व्यक्तिहरूलाई पनि सिकाउने बताउनु भयो ।

त्यसै गरी धनगढीकी अभिभावक अम्बिका थापा पन्तले यो ५ दिने सहयोग तथा हेरचाह तालिमले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्था भएका व्यक्तिहरूको र उनीहरूको हेरचाह गर्ने सहयोगीको सुरक्षा कसरी गर्ने, हेरचाहकर्ता पनि कसरी स्वस्थ रहने भन्ने कुराका साथै अपाङ्गता सम्बन्धी ऐन कानुन, नीति नियम तथा सेवा सुविधाको विषयमा पनि जान्ने र सिक्ने अवसर मिलेको भन्दै आयोजकलाई धन्यवाद दिँदै यो तालिममा सिकेको सीपलाई अनिवार्य रूपमा उपयोग गर्ने बताउनु भयो ।

बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका व्यक्तिहरू तथा उनीहरूका अभिभावक र सहयोगी व्यक्तहरूलाई सहयोग तथा हेरचाह सम्बन्धी सञ्चालन गरिएको ५ दिने तालिम सञ्चालनका क्रममा काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले बौद्धिक तथा डाउन सिनड्रोम अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावकहरू र सहयोगीका लागि सहयोग तथा स्याहार तालिम अति नै आवश्यक रहेको भन्दै आगामी दिनमा बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका व्यक्तिहरूका लागि २६ नं वडा बाट गर्न सकिने आवश्यक सहयोग गर्ने प्रतिवद्ता व्यक्त गर्नु भयो । साथै उहाँले यस तालिमको सफलताको शुभकामना व्यक्त गर्दै यो वडा कार्यलले अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार सुनिश्चितका लागि सधैँ साथमा रहेको पनि बताउनु भयो ।

यसै क्रममा उक्त बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका व्यक्तिहरू तथा उनीहरूका अभिभावक र सहयोगी व्यक्तिहरूलाई सहयोग तथा हेरचाह सम्बन्धी सञ्चालन गरिएको ५ दिने तालिमको आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले विशेष सहयोग आवश्यक हुने बालबालिकाहरूका अभिभावकहरूले सधैँ आफूलाई सकारात्मक सोच्नु पर्ने बताउँदै यस तालिमले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता अवस्थाका स्व-वकालतकर्ता व्यक्तिहरू तथा युवाहरू उनीहरूका अभिभावकहरूलाई यस तालिमले स्याहार गर्नु पर्ने बालबालिका, स्वयम् आफै स्याहारकर्तालाई पनि सहज हुने हुनाले यस ५ दिने तालिम प्रदान गरिएको बताउनु भयो । साथै उहाँले यस तालिमले यस्ता अभिभावकहरूलाई सोचमा सकारात्मक परिवर्तन ल्याउन, आत्मबल बढाउन, तनाव मुक्त हुन सहयोग गर्ने पनि बताउनु भयो । उहाँले अभिभावक तथा सहयोगीहरूलाई व्यावसायिक तालिमकर्ता, हेरचाहकर्ता बनाउँदै हेरचाह सम्बन्धी अति आवश्यक र उपयोगी सीपहरू पनि सिकाउने उद्देश्यले यो तालिम प्रदान गरिएको पनि बताउनु भयो ।

वैशाख २७ गते देखि ३१ गते सम्म काठमाडौँमा सञ्चालन गरिएको डाउन सिण्ड्रोम र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूका अभिभावक र सहयोगी व्यक्तिहरूलाई प्रदान गरिएको सहयोग तथा हेरचाह सम्बन्धी ५ दिने तालिममा काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाका बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका अभिभावक र सहयोको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु