
जेष्ठ ९- रोटरी क्लब अफ कपनको नियमित बैठक एवं रोटरी इन्टेरनेशनल कन्भेन्सनमा अष्ट्रेलिया जाने सदस्यहरूलाई शुभकामना एवं बिदाई कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा क्लबका अध्यक्ष कृष्णादेवी मुनिकारले रोटरी इन्टरनेशनल कन्भेन्सनमा जाने चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पास्ट प्रेसिडेन्ट राजु लामा पि कोन्दन र मेम्बर मन्जु श्रेष्ठलाई खादा लगाई बिदाई एवं शुभकामना ब्यक्त गर्नु भयो । बिदाई कार्यक्रममा शुभकामना दिँदै क्लबका पास्ट प्रेसिडेन्ट मनोज कुमार घिमिरेले क्लबको राम्रो पक्ष भनेकै यसरी सबैजना सघैं एउटै परिवार सरह एक आपसमा व्यवहार गरि अगाडि बढ्नु नै प्रमुख कुरा हो भन्नू भयो ।
उपस्थित सबैले अस्ट्रेलिया जाने साथीहरूलाई बधाई एवं शुभकामना ब्यक्त गर्दै आगामी दिनमा पनि क्लबले यसै गरी
कार्यक्रम आयोजना गरोस् भन्ने बिचार राख्नु भयो । इन्टरनेशनल कन्भेन्सन जाने सबैजनाले क्लब परिवारले गरेको शुभकामना एवंबिदाई कार्यक्रमको लागि विशेष धन्यवाद दिनु भयो । अन्त्यमा इलेक्ट प्रेसिडेन्ट शुचिता काफ्लेले सबैलाई शुभकामना एवं बिदाई भन्दै कार्यक्रमको धन्यवाद दिँदै कार्यक्रमको अन्त्य भएको जानकारी गराउनु भयो ।


