तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गरिमा शर्मा अभिनित गायक पवन विष्टको ‘किन किन’ ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ९ गते, मंगलवार २१:०७

काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको ‘किन किन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ। संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।

गीतमा प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । ब्राडफोर्ड ग्लोबलको प्रस्तुति र प्रेम पुरी निर्माता रहेको गीतलाई ‘नोभिस आर्ट’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नोभिस आर्टले यसअघि ‘घाम छायाँ’, ‘तिमी बिना’ बोलको म्युजिक भिडियोहरु निर्माण गरिसकेको छ।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु