दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बजेट पोलिटिकल दस्तावेजमात्रै होइन ः उपाध्यक्ष डा. श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ९ गते, मंगलवार २१:२६

काठमाडौं, ९ जेठ । मंगलबार सुदुरपश्चिमको जम्बो टोलि सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा पस्यो । मूख्यमन्त्री कमलबहादुर शाह, निवर्तमान मूख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता राजेन्द्रसिंह रावल, प्रदेश सभाका सभामुख भिमबहादुर भण्डारीसहित सबै मन्त्रीहरु टोलिमा थिए ।
सरकार, संसद र संसदको प्रमुख प्रतिपक्षी समेत सबै एकै ठाउँमा जम्मा भएर सिंहदरबार पसेको सम्भवतः यो दृश्य हो । सिंगो मन्त्रिपरिषद् सभामुख र प्रमुख प्रतिपक्षी दललाई लिएर आउनुको कारण यसै पनि बुझ्न सकिन्छ, अहिले बजेटको तयारी भइरहेको छ । मुलुक संघीयतामा गएको यतिका वर्ष पछि प्रदेश सरकारको सिंगो टोलिले संघीय सरकारको योजना आयोगको ध्यानाकर्षण गराएको छ ।
भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सिंहदरबारबाटै योजना फाइनल हुने नीतिको अन्त्यका लागि मुलुक संघीयतामा गएको बताए । सिंहदरबार धाउनु पर्ने बाध्यता नै हटिसकेको भन्दै उनले प्रदेश सरकारले आफूले गर्नु पर्ने कामहरु गम्भीर भएर गरेमात्रै पनि धेरै समस्याहरु समाधान हुनसक्ने बताए ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याहरु पनि समाधान हुने चरणमा रहेको भन्दै उपाध्यक्ष श्रेष्ठले तल गएको रकम खर्चमा पनि जोड दिनु पर्ने बताए । ‘पहिले यसरी तल्ला २ तहमा गएर रकम रोकिदैन थियो, अहिले २ खर्ब रकम ३ वर्षदेखि रोकिएको छ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘त्यो रकम सही ठाउँमा समयमा खर्च नहुँदा बैंकमा तरलता समस्या देखियो, ब्याजदर बढ्यो अर्थतन्त्रमा समस्या देखियो ।’
उनले अब समानीकरणको रकम तल गएर जम्मा हुने र खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनु पर्ने बताए । राजश्व संकलनमा पनि सुधार भएको र अर्च पनि अब बढ्ने भएकाले अर्थतन्त्रको समस्याहरु पनि समाधान हुँदै गएको उनको भनाइ छ ।
सडक छ, उत्पादन छैन
उत्पादन र रोजगारीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न पनि उपाध्यक्ष श्रेष्ठले मूख्यमन्त्रीसँग अनुरोध गरेका छन् । धेरैले पूर्वाधार विकासका मात्रै कुरा गर्ने गरेका छन् । सडक मार्ग, पुल तथा अन्य पूर्वाधारका विषयहरु धेरै उठान हुने गरेका छन् । तर उत्पादनका योजनाहरु नभएसम्म अर्थतन्त्र सवल हुन नसक्ने भन्दै उनले त्यसतर्फ पनि सोच्नु पर्ने बताए ।
‘कुनै गाउँमा जाने ठूलो सडक छ, तर त्यहाँ कुनै उत्पादन नै छैन भने सडकको पनि उपयोग हुन सक्दैन’ उनले भने, ‘पूर्वाधार त आवश्यक कुरा हो, तर हाम्रो मुलुकको अर्थतन्त्रलाई वलियो बनाउका लागि उत्पादन र रोजगारीमा विशेष ध्यान दिनुपर्छ ।’
बजेट राजनीतिक दस्तावेज मात्रै नभएको पनि उपाध्यक्ष श्रेष्ठले बताएका छन् । बजेटलाई कनिका छरे जस्तो थोरै थोरै रकम छर्ने भन्दा पनि परिणामूखी काममा बजेटहरु विनियोजन जरुरी रहेको उनको भनाइ छ । संघीयताका फाइदाहरु धेरै रहेको भन्दै उनले प्रदेश सरकारले जतिसक्दो धेरै संघीयताबाट लाभ लिनका लागि अनुरोध समेत गरे ।

सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता समेतलाई लिएर सुदुरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा
काठमाडौं, ९ जेठ । सुदुरपश्चिममा मूख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ । सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मूख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरुसहित मूख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन् ।
भेटमा मूख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन् । अथाह सम्भावनाहरु भएर पनि सुदरपश्चि पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए ।
भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए । कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदुरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए । सुदुरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए ।
‘सिंहदरबारबाट सुदुरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु परो, सुदर र कर्णालीका योजना सुदुर कर्णालीले नै बनाउने हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु