बहुपति प्रथामा आधारीत चलचित्र टुल्की आज देश भर प्रदर्शन हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १२ गते, शुक्रबार ०८:५४

काठमाडौँ । बहुपति प्रथामा आधारीत चलचित्र टुल्की आज देश भर प्रदर्शन हुने भएको छ ।

निर्माता शेखर लामाले निर्माण गरेको उत्त चलचित्र आज देशभरका सबै हलमा प्रदर्शन हुन लागेको जानकारी दिनुभयो ।

चलचित्रले नेपालको हिमाली क्षेत्रमा परम्परागत कालदेखी चल्दै आएको बहुपति प्रथालाई उजागर गर्न खोजिएको छ ।

उक्त चलचित्र नेपालको हुम्ला,जम्ला, मुस्ताङ, डोल्पा लगाएतका हिमाली क्षेत्रमा छायाङ्कन गरिएको थियो ।

५८ दिन लगाएर निर्माण गरिएको उक्त चलचित्र रु एक करोड २५ लाखमा निर्माण गरिएको निर्माता लामाले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु