
ललितपुर -लेले समुदायिक विकास केन्द्र ललितपुरले विगतका वर्षहरु झै यो वर्ष पनि शैक्षिक सामाग्री सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
गुड नेर्वस इन्टरनेशनल नेपालको अर्थिक तथा प्राविधिक सहयोगमा र लेले सामुदायिक विकास केन्द्रको समन्वयमा संचालित एकिकृत समुदायिक विकास परियोजनाले गोदावरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका र कोनज्योसोम गाँउपालिका का लक्षित २७२ जना प्रायोजित वालवालिका लाई शैक्षिक सामाग्रीहरु कपी, कलम, इरेजर, सार्पनर डटपेन, रिफिल, मोजा र झोला लगाएतका शैक्षिक सामाग्री सहयोग कार्य सम्पन्न भयो।
सन् २००२ देखि संचालन भएको प्रायोजित वालवालिका लाई शैक्षिक सामाग्री सहयोग कार्यक्रमले बालबालिकाको शैक्षिक सामाग्री अभावलाई सहजिकरण गरेर लक्षित बालबालिकालाई नियमितता मार्फत शिक्षा अर्जन गर्न सहयोग गरेको छ। साथ साथै बालबालिकाको शिक्षमा पहुँचलाइ सुनिश्चित गर्न महत्तवपुर्ण भुमिका खेलेको छ।


