दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इबीए र नेसनल युनाइटेडलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ १९ गते, शुक्रबार ५:५७

इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित ग¥यो । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गरे । अनित रेगनको ७ अंक सहयोगमा नेसनल युनाइटेडले नव ज्ञान भुमिलाई २१–१७ ले हरायो ।
सिनियर ब्वाइजमै युनिभर्सिटीले जुगललाई २४–१९, गोल्डेनपिकले हिमालयन किङडमलाई ४०–३०, गोल्डेनपिकले नै मन्जरीलाई ४९–३८ र टीआईएले साइपाल एकेडेमीलाई २४–२२ ले पाखा लगाए । युनिभर्सिटीका रेमन शाक्यले १२, गोल्डेनपिकका सुविन तामाङले १६, गोल्डेनपिककै विजय तामाङले १७ र टीआईएका रोशन नगरकोटीले ९ स्कोर गरे ।
सिनियर गल्र्समा जुगलले भद्रकालीलाई २१–१७, पृथ्वीले हिमालयन किङडमलाई ३०–२४ र साइपालले इबीएलाई १६–१० ले पन्छाए । जुगलकी आशिका जिरेलले ९, पृथ्वीकी बविता घिमिरेले १५ र साइपालकी आयुष्मा पाख्रिनले ८ अंक जोडे ।
जुनियर ब्वाइजमा स्किब्सले भ्याली पब्लिकलाई २३–१७ तथा गोल्डेनपिकले हिमालयन किङडमलाई ३०–२१ ले पराजित गरे । स्किब्सका प्रवेश भण्डारी गोल्डेनपिकका अमन गुरुङले समान १२–१२ स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु