दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विजय र अर्पणालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २० गते, शनिबार २१:२४

विजय राई र अर्पणा तामाङले दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५५ केजी तौलसमूको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे ।
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगिताको ६० केजी पुरुषमा राजेन्द्र तामाङ र महिलामा प्रजिना राई, ४५ केजीको पुरुषमा शेख रिज्वान र महिलामा शिवानी आले मगर तथा ५० केजीको पुरुषमा मोहम्मद इरफान शेख र महिलामा आरती लोप्चनले पहिलो स्थान हात पारे ।
पुरुष ६५ केजीमा महेन्द्र गज्मेर तथा महिला ६० केजीमाथि अनुपा नेपालीले स्वर्ण चुमे । विजेतालाई संघीय सांसद् नारायण दाहाल, आयोजक संघकी अध्यक्ष अमृता थापा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरियो । दुईदिने प्रतियोगितामा १ सय २५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु