दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मेरी महान आमा”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २१ गते, आईतवार १२:००

आमा तिमी मेराे पहिलाे साथी मलाई लाग्छ कति रहर

आमा तिमी मेराे अन्तिम साथी मलाई लाग्छ तिम्रै भर

अनगिन्ती दु:ख सहेर जन्म दियाै नाै महिना काेखमा राखेर

केही फाइदा छैन आमाकाे मायाबाट अन्य ठाउँमा भागेर

यो सुन्दर धर्ती टेक्न पाइयो आमाकाे काेखबाट जन्मिएर

आमाले नै हाे सन्तानलाई माया देखाउने अनेक दुःख सहेर

महान छिन् हाम्री आमा हाँसी रहिन्छिन सधैं दु:ख लुकाएर

कहिल्यै आफ्नो अर्काको नभनी सधैं धर्ती सरह महान बनेर

फूल हुर्काए झैं सन्तान हुकाउँछिन आफ्ना अनेक इच्छा मारेर

आँशुका धारा बगाउँछिन कष्ट सहेर आफ्ना चाहाना मारेर

आफ्ना सन्तानका सबै काम आफै गर्छिन अनगिन्ती दु:ख सहेर

सन्तानले पनि आमाको दुःख बुझ्नुपर्छ अरुभन्दा फरक बनेर

सधैं भन्नुपर्छ सन्तानभन्दा आमा झन् महान छिन् भनेर

आमाले राम्रो काम सिकाउँछिन दिनरात सधैं आफ्नै मानेर

यस्ती राम्री मेरी आमा कति महान छिन भन्नुपर्छ सधैं सम्झेर

रश्मि ढकाल
कक्षा : ७
रोल नं : १
सदन : धौलागिरी
स्कुल : ज्ञानाेदय आधारभुत विद्यालय
काभ्रे,पाँचखाल -२ ज्यामिरकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु