दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवलपरासीमा दुर्घटना न्यूनिकरण गर्न सवारी चालकका आँखा जाँच

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २२ गते, सोमबार ८:३९

काठमाडौं । दुर्घटना न्यूनिकरणको लागि नवलपरासी बर्दघाटमा सार्वजनिक सवारी साधन चालकहरुको स्वास्थ्य परिक्षण जाँच गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी र चिसापानी सामुदायिक अस्पतालका प्राविधिकहरूको सहयोगमा पुर्व-पश्चिम राजमार्ग सडक खण्डमा भित्रिने र बाहिरिने बस, ट्रक, जिप, सुमो र माइक्रोबस गरी १०७ वटा सवारीका चालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

पुर्व-पश्चिम राजमार्ग सडक खण्डमा सवारीदुर्घटना बढिरहेको हुँदा सवारी दुर्घटनाबाट “आफु बाँचौ र अरुलाई पनि बचाऔँ” ट्राफिक नियम जानौ र मानौ भन्ने उदेश्यका साथ ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेको हो ।

सवारी चालकले राम्रोसँग देख्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ ? भनेर चिकित्सकको टोलीसहित स्वास्थ्य परिक्षण गराइएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपरासीका इन्चार्ज प्रहरी निरीक्षक प्रसिद्धिका कँडेलले बताइन ।

ट्राफिक सचेतनाका लागि स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु