
काठमाडौं । व्यावसायिक मास्टर सेफ रामशरण थापा दक्षिण एशिया अन्तर्राष्ट्रिय प्रतियोगिता लाइभ कुकिङ प्रतियोगिताको जजका रुपमा अनुबन्धित भएका छन् ।
पश्चिम बंगालको रोयल बंगाल मास्टर शेफ संगठनको आयोजनामा १,२,३ अक्टोबर-२०२३ मा कोलकातामा पाक कलाको लागि दक्षिण एशिया अन्तर्राष्ट्रिय प्रतियोगिता लाइभ कुकिंग प्रतियोगिताको जजका रुपमा सेफ थापा अनुबन्धित भएका हुन ।
जजका रुपमा अनुबन्धित थापा हाल अमेरिकाको इन्डोचेन अलेक्जान्ड्रिया क्यामरून स्टेशन भर्जिनिया,इन्डोचेन अलेक्जान्ड्रिया ओल्ड टाउन,भर्जिनिया, हार्बर तन्दुर बाल्टिमोर,मेरील्याण्डमा ३ वटा रेस्टुरेन्ट पार्टनरमा आफू व्यावसायिक सेफमा समेत कार्यरत भई रेस्टुरेन्ट संचालन गर्दै आएका छन।आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण पनि कार्यमा पनि उनी सकृय छन्।


