दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डाउन सिण्ड्रोम समाज नेपालद्वारा ५ दिने सीप मूलक व्यावसायिक तालिम प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २३ गते, मंगलवार २०:५२

२३ जेठ २०८० शर्मिला विश्वकर्मा, काठमाडौँ

डाउन सिण्ड्रोम समाज नेपाल बौद्धिक अपाङ्गता अन्तर्गत डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूका लागि काम गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूको हक, हित र अधिकारका साथै उनीहरूको स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक व्यवहार लगायतका सवालमा काम गर्दै आएको छ । यसै क्रममा डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरुकाले पनि उनीहरू अनुकूलको वातावरण पाए भने विभिन्न सीप सिकेर आय-आर्ज गर्न सक्छन् भनेर उनीहरू र अभिभावकहरूलाई ५ दिने मोती तथा क्रिष्टलको माला, चुरा लगायतका सामाग्रीहरू बनाउने तालिम प्रदान गरिएको छ ।

सामाजिक विकास विभाग काठमाडौँ महानगरपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तथा अभिभावकहरूलाई स्याहार सीप कार्यक्रम अन्तर्गत डाउन सिण्ड्रोम अवस्था भएका युवा तथा तिनका सहयोगी व्यक्तिहरूका लागि यही जेठ १८ गते देखि २२ गते सम्म मोती र क्रिष्टलको माला बनाउने सी मूलक व्यावसायिक ५ दिने तालिम प्रदान गरेको छ ।
यस ५ दिने तालिमका क्रममा अभिभावक रुपा मैनालीले यस्तो सीप मूलक तालिमले अपाङ्गता भएका छोराछोरी र अभिभाकवहरु पनि स्वरोजगार भएर आय-आर्जन गर्न सकिने बताउनु भयो । साथै उहाँले यो तालिम निकै प्रभावकारी हुने भन्दै यो अवसर प्रदान गर्नु भएकोमा आयोजक संस्थालाई धन्यवाद पनि दिनु भयो ।

त्यसै गरी थानकोट निवासी डाउन सिण्ड्रोम अपाङ्गता छोरीकी अभिभावक अम्बिका थापा / पन्तले यो सीप मूलक तालिम पश्चात् घरमा नै बसेर पोते, माला, चुरा लगायतका सामाग्रीहरू उत्पादन गर्न सकिने र यसमा छोरा छोरीहरूले पनि सहयोग गर्न सक्ने भएकोले यो तालिम उपयोगी हुने बताउनु भयो ।

सो तालिमको पहिलो दिन जेठ १८ गते उद्घाटनका क्रममा काठमाडौँ महानगरपालिका कार्यसमिति सदस्य महेश नेपालीले आगामी दिनमा यस काठमाडौँ महानगरपालिका भित्र रहने डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरूको पहिचान गरी थप सीप मूलक तथा अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिने बताउनु भयो । यसै क्रममा उहाँले यस तालिमबाट उत्पादन
भएका सामाग्रीहरूको बजार व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले कोसेली घर स्थापना गर्ने र बिक्री वितरणको लागि समन्वय गर्ने पनि बताउनु भयो ।
यो ५ दिने तालिमका क्रममा यस तालिमका प्रशिक्षक तथा क्रिष्टल विशेषज्ञ कमला सुवेदीले यस्ता क्रिष्टलका मालाहरू, पोते, कानमा, घाँटीमा लगायत सामाग्रीहरूको ज्यादै माग बढेको हुँदा डाउन सिण्ड्रोम अवस्था भएका व्यक्तिहरू र उनीहरूका अभिभावकहरूका लागि यो तालिम अति नै उपयोगी हुने भन्दै यसबाट राम्रो आय-आर्जन गर्न सकिने बताउनु भयो । साथै उहाँले ५ दिनको तालिममा डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरू र उनीहरूका अभिभावक तथा सहयोगीहरूलाई क्रिष्टल र मोती मिसाएर पोते, माला, हातमा लगाउने चुराहरू लगायतका सामाग्रीहरू बनाउन सिकाएको र यस तालिममा सिकेको सीपले उहाँहरूलाई स्वरोजगार बनाउनका लागि उपयोगी हुने बताउनु भयो ।

तालिममा सहभागी लाजिम्पाट निवासी अभिभावक उमा अर्यालले यो तालिमले डाउन सिण्ड्रोम अपाङ्गता भएका बालबालिकाहरू र उनीहरूका अभिभावकहरूको सीप विकासमा सहयोग गर्ने, यस्तो काम गर्दा मनको पीडाहरू पनि भुलिने र घरमा नै बसेर थोरै लगानीमा गर्न सकिने हुँदा यो तालिम अति नै उपयोगी रहेको बताउनु भयो । साथै उहाँले यस्ता तालिमबाट उत्पादित भएका सामग्रीहरूलाई राज्य स्तरबाट नै बजार व्यवस्थापन गर्नको लिग सहयोग गरिदिने हो भने अझै प्रभावकारी हुने बताउनु भयो ।

त्यसै गरी यस तालिमका आयोजक तथा डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यो सीप मूलक तालिमले डाउन सिण्ड्रोम अवस्था भएका बालबालिकाहरुकाहरु र उनीहरूका अभिभावकहरूलाई रोजगार तथा स्वरोजगार हुन सहयोग गर्ने भन्दै सीप सिक्ने अवसर पाएमा यसैबाट आय-आर्जन गर्न सकिने बताउनु भयो । त्यसै गरी डाउन सिण्ड्रोम अवस्था भएका युवाहरूलाई रोजगारीमा पहुँच पुर्याबउने उद्देश्यले यो तालिम प्रदान गरिएको भन्दै सीप सिकेर स्वरोजगार हुन सके आय-आर्जन गरी आत्मनिर्भर बन्न सक्ने पनि बताउनु भयो ।

यही जेठ १८ गते देखि २२ गते सम्म सञ्चालित सो सीप मूलक तालिमको २२ गते समापन कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिका सामाजिक विकास समिति र कार्यपालिका समिति सदस्य ललिता खड्गीले यो तालिमले डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका अभिभावकहरूको स्वरोजगारलाई सहयोग गर्ने भन्दै आगामी दिनमा पनि यस्ता आवश्यक सीपका कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भयो ।

यही जेठ १८ गते देखि २२ गते सम्म डाउन सिण्ड्रोम अवस्था भएका युवा तथा तिनका सहयोगीहरूका लागि सञ्चालित मोती र क्रिष्टलको माला बनाउने सीप मूलक व्यावसायिक तालिममा ५ जना डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरीहरू र १० जना अभिभावक तथा सहयोगी गरी १५ जनालाई उक्त तालिम प्रदान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु