शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

नर्सीङ्ग अवार्ड–२०२३” बाट बीर अस्पताल अन्कोलोजी विभागकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २५ गते, बिहीबार ००:०९

“नाईटेङ्गल नर्सीङ्ग अवार्ड–२०२३” बाट बीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा उहाँलाई ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरिएको हो ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा. विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गर्नुभएको हो । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताउनुभयो । उहाँ विगत २९ वर्षदेखि नर्सिङ पेशामा कार्यरत हुनुहुन्छ । १० जना मनोनित नर्संहरू मध्ये उहाँलाई अवार्ड प्रदान गरिएको थियो ।
फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तराष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बीरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस किसिमका प्रोत्साहन मुलक अवार्ड र सम्मान कार्यक्रम जारी राख्न आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा हेल्थ एट होमका संस्थापक डा. विशाल ढकालले नर्सहरुको सम्मानमा सञ्चालन गरिएकोे अवार्ड कार्यक्रमले धेरै नर्सहरुलाई आफनो पेशामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु