दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमरश्मीको दोहोरो जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २६ गते, शुक्रबार १९:३३

हिमरश्मीले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो जित हात पारेको छ । हिमरश्मीले जुनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा जित निकाल्यो ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) को कोर्टमा भएको जुनियर ब्वाइजको खेलमा हिमरश्मीले स्प्रिङ भ्यालीलाई २१–१६ ले पराजित ग¥यो । विजयी टिमका लागि सुबोध पनेरुले ६ अंक जोडे । सिनियर गल्र्समा हिमरश्मीले काठमाडौं लिङकनलाई २४–१८ ले हरायो । विजेताकी सुनिशा मिश्रले १० अंक जोडिन् ।
जुनियर ब्वाइजमा जीवन ज्योतिले ल्यान्डमार्कलाई १८–१०, सिद्धार्थ मोडेलले रोजमेरीलाई २१–१०, सिर्जना ज्ञान सागरले काठमाडौं शिक्षालयलाई २४–१६, काठमाडौं लिङकलनले लालीगुराँस विद्याकुञ्जलाई २०–१९ र प्रारम्भ वल्र्डले एन्जल्स हार्टलाई १४–१० ले पाखा लगाए । जीवन ज्योतिका अनमोल सिजाली मगरले ७, सिद्धार्थ मोडेलका सविर मगरले ११, सिर्जना ज्ञान सागरका प्रिन्स तामाङले ६, काठमाडौं लिङकनका वशिष्ट थापाले ८ र प्रारम्भ वल्र्डका राकेश बूढाथोकीले ४ स्कोर गरे ।
सिनियर गल्र्समा ल्यान्डमार्कले नर्थ प्वाइन्टलाई २१–१७, स्प्रिङ भ्यालीले काठमाडौं शिक्षालयलाई १८–१२ र एन्जल्स हार्टले प्रारम्भ वल्र्डलाई २६–२४ ले पन्छाए । ल्यान्डमार्ककी एनिशा कार्कीले ८, स्प्रिङ भ्यालीकी सुजिना कार्कीले ७ र एन्जल्स हार्टकी एलिया राईले ८ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु