दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पर्यटन क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व विकास सम्बन्धि तालिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ २७ गते, शनिबार १५:५९

काठमाडौँ । पर्यटन क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ ।

टुरिजम सिस्टरहुड एशोसियशन नेपालको आयोजनामा काठमाडौँको लाजिम्पाटस्थित होटल लि हिमालयमा आज आयोजित कार्यक्रममा पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता र नेतृत्वविकास सम्बन्धी तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा प्रशिक्षक सरला कार्कीले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा पर्यटन क्षेत्रमा कार्यरत ७० जना महिला तथा पुरुषको सहभागीता रहेको थियो ।

टुरिजम सिस्टरहुड एशोसियशन नेपालकी अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त र नेतृत्व विकास गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रमका अतिथि वक्ता सुनिल शर्माले महिलाहरु अगाडि बढ्नका लागि शशक्तिकरण आवश्यक रहेको बताउनुभयो ।

रोजिना रञ्जितले संयोजन सञ्चालन भएको उक्त तालिममा एशोसिशयनकी उपाध्यक्ष जुनु मलेखु, महासचिव युविका भण्डारीलगायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु