
काठमाडौँ । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी निर्वाचित भएका छन् ।
चितवनमा गएराति सम्पन्न डीएलएको ११ औँ महाधिवेशनबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता केसी निर्वाचित भएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल, महिला उपाध्यक्षमा कविता थापा कार्की र महासचिवमा ज्ञानेन्द्र प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी, भुगोलतर्फबाट उपाध्यक्षहरूमा कविता बस्नेत (कोशी प्रदेश), रामानन्द शाह (मधेश प्रदेश), जनकराज श्रेष्ठ (बागमती प्रदेश), भूमिश्वर शर्मा गौतम (गण्डकी प्रदेश), विष्णुप्रसाद धिताल (लुम्बिनी प्रदेश), पदमबहादुर शाही (कर्णाली प्रदेश) र गंगाराम पाध्या (सुदूरपश्चिम प्रदेश) निर्वाचित भएका छन् । सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।
यसैगरी, सुनिल पाण्डे, दीपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना, किरण पौडेल र चक्रबहादुर थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै, प्रवीण महर्जन, सतेन्द्र प्रजापति, अमितकुमार कर्ण, अफताव आलम, गोविन्दराम परियार, अमलराज शाही, विष्णु खनाल र विनोद अधिकारी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी, हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णु कुमारी शर्मा, भरतबहादुर सिंह, सीता रेग्मी योञ्जन, मन्दिरा अधिकारी, बसुन्धरा थापा र मनमाया पाठक पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


