दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ३० गते, मंगलवार ८:२१

काठमाडौं, जेठ २९ गते ।हिमरश्मी र एन्जल्स हार्ट प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित ग¥यो । हिमरश्मीको जितमा सविन लामाले ८ अंक योगदान गरे । रुपेश पौडेलको ७ अंक सहयोगमा एन्जल्स हार्टले जीवन ज्योतिलाई १९–१७ ले हरायो ।
जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले मनमैजुस्थित घरेलु कोर्टमा सिर्जना ज्ञान सागरलाई २०–१६ तथा सिद्धार्थ मोडेलले सेक्रेट हार्टलाई २१–१८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । एलएनएका श्रवन गुरुङले ८ तथा सिद्धार्थ मोडलका अमिनले ४ स्कोर गरे । सेमिफाइनलमा सिद्धार्थको भेट एन्जल्स हार्टसंग हुनेछ भने हिमरश्मीले एलएनए विरुद्ध खेल्ने छ ।
सिनियर गल्र्समा एलएनएले नर्थ भ्यालीलाई २८–१८, ल्यान्डमार्कले स्प्रिङ भ्यालीलाई १७–१०, हिमरश्मीले नर्थ प्वाइन्टलाई २०–१९ र न्यु एराले पद्यमचक्रलाई २०–१५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । एलएनएकी सिमरन महर्जनले १०, ल्यान्डमार्ककी नेहा श्रेष्ठले ६, हिमरश्मीकी सुनिशा मिश्रले ४ र न्यु एराकी नर्गिमा तामाङले ७ अंक बटुले । सेमिफाइनल एलएनए र ल्यान्डमार्क तथा हिमरश्मी र न्यु एराबीच हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु