दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्की मेक्सिको जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ३० गते, मंगलवार ९:१२

मेक्सिकोमा हुने दुई कार्यक्रममा सहभागी हुन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की मेक्सिको जाँदै छन् ।
कार्की जुन १८ देखि २६ तारिखसम्म हुने इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने छन् । कार्की आईएसएफ टेक्निकल कमिसनका अध्यक्ष हुन् । जुन १९ देखि २४ तारिखसम्म हुने आईएसएफ जेनरल एसेम्ब्ली– २०२३ को कोन्भोकेसनमा पनि कार्की सहभागी हुने छन् ।
कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे । कार्की मंगलबार मेक्सिको प्रस्थान गर्दै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु