दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए आठौं मध्यपुर्ब भेला २८ देखी ३० जुनमा होटेल मस्कट होलिडे ओमानमा हुने,आज ८ बजे पत्रकार सम्मेलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते, बुधबार १५:५५

ओमन, गैर आवासीय नेपाली संघ एनआरएनएको नवौ मध्यपुर्ब क्षेत्रीय भेला २८ देखी ३० जुनमा होटेल मस्कट होलिडे ओमानमा हुने एनआरएनए मध्यपुर्वले जनाएको छ । उक्त भेलाका बारेमा बिस्तृत जानकारी दिन आज साझ ८ बजे पत्रकार सम्मेलन गरिने एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल जोनले एक प्रेष बिज्ञप्ती जारी गर्दै बताएका छन ।
आजको कार्यक्रम भर्चुअल रूपमा गरिने एनआरएनए मध्यपुर्वले जानकारी गराएको छ । जुम बैठकमार्फत गरिने उक्त पत्रकार सम्मेलनको जुम लिंक निम्न रहेको छ ।

Join Zoom Meeting
https://zoom.us/j/99234309932?pwd=cDl4S3pwSDdNNGVPaUsrZHBCd1FoZz09
Meeting ID: 992 3430 9932

Passcode: 2023

यस कार्यक्रमको उद्देश्य २८ देखी ३० जुन २०२३ सम्म ओमानमा हुने ८ औं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारीका बारेमा महत्त्वपूर्ण अपडेटहरू सार्वजनिक गरिने रहेको एनआरएनए ओमानका अध्यक्ष एबं आठौं एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनका सदस्य सचिव बिकल झाले बताए ।सदस्य सचिव झाले उक्त भेलालाई सफल बनाउन मध्यपुर्वमा रहेका एनआरएनए अभियन्ता र ओमानवासी नेपालीहरु सकृय भएर लागेको बताए ।
उक्त पत्रकार सम्मेलन कार्यक्रममा एनआरएनए अभियन्ताहरु र संचार माध्यमका बिच विचारहरू आदानप्रदान गर्ने,सम्मेलनका ऊद्देश्यका बारेमा जानकारी गराउने, उक्त भेलामा सम्भावित सहभागीहरूलाई उनीहरूको सही सहभागिता व्यवस्था सुनिश्चित गर्दै सन्देश फैलाउन उत्कृष्ट प्लेटफर्म प्रदान गर्ने रहेको एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खालीले बताए । उनले यस कार्यक्रममा एनआरएनएका नेतृत्ववर्ग र मिडिया प्रतिनिधिहरूको उपस्थितिको लागी आग्रह गरे । गोर्खालीले एनआरएनए मध्यपूर्व भेला उत्कृस्ट बनाउन आफुहरु लागीपरेको बताए । एनआरएनए मध्यपूर्वका संयोजक राजेन्द्र अर्यालले यो भेला मध्यपुर्वमा रहेका नेपालीका लागी कोषेढुंगा सावित हुने जनाउदै भेला भेलामा मात्रै सावित नगराई नतिजामुखी बनाऊन आफुहरु कृयाशिल रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु