तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एलएनए र एन्जल्स हार्टलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते, बुधबार २०:३७

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।
तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित ग¥यो । एलएनएको जितमा सिमरन महर्जनले ८ अंक योगदान गरिन् ।
मनमैजुस्थित एलएनएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा रुपेश पौडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१–३३ ले हरायो । दुवै समूहमा हिमरश्मीले तेश्रो स्थानमा चित्त बझायो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रुपेश र सिमरन आ–आफनो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा एलएनएका साहिद पुन तथा सिनियर गल्र्समा न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । साहिदले ५६ तथा प्रनिशाले ५० स्कोर गरे ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्रा.डा. प्रदीपचन्द्र गौतम, प्राध्यापक श्यामकृष्ण विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २५ देखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु