काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट ल्याएको छ । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले नीति तथा कार्यक्रमलाई सार्थकता दिनेगरि बजेट ल्याईएको बताए।
जसमध्ये ९ अर्ब ५९ करोड ६० लाख २ हजार अर्थात ३२.७९ प्रतिशत र पुँजीगततर्फ १७ अर्ब २ करोड २३ लाख ६० हजार अर्थात ५८ं.१६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
प्रदेशले आन्तरिक राजश्वमार्फत १ अर्ब ५० करोड उठाउने लक्ष्य लिएको छ। यस्तै केन्द्र सरकारको राजश्व बाँडफाँटबाट ९ अर्ब ४१ करोड १७ लाख तथा वित्तिय समानीकरण अनुदानबाट ८ अर्ब ५२ करोड ३ लाख पाउने अनुमानित विवरण पेश गरिएको छ ।
आलु आर्थिक बर्षको बजेटबाट समेत ३ अर्ब ८६ करोड बजेट हुने सरकारको अनुमान छ ।